सहस्त्रधारामा स्कूल बस र ट्याक्सी ठोक्किदा ट्याक्सीमा सवार चालक सहित ५ जना घाईते !

पर्वत २०७६ जेठ १० । म्याग्दीबााट पोखरा तर्फ आउदै गरेको ट्याक्सी र कुस्मा बजार देखी बागलुङ तर्फ फर्किरहेको स्कूल बस कुस्मा नगपालिका १ सहस्त्रधारा नजिक केहि समय अघी करीब ५ बजेको समयमा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

बागलुङ बजार स्थित न्यू एमरेष्ट बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कुस्मा पुयाएर बागलुङ फर्कदै गरेको ग १ क ९२५ नंम्वरको बस र म्याग्दी बेनी बाट पोखरा जादै गरेको ध १ ज ८३२ नम्वरको ट्याक्सी एकापसका ठोक्किदा ट्याक्सीमा यात्रागरिरहेका चालक सहित ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वत प्रहरी निरीक्षक राजन रायमाझीले ईबागलुङलाई जानकारी दिए ।

ट्याक्सीमा सवार सबै यात्रुहरुको बागलुङ स्थित धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको र घाईतेहरु मध्य चालक पौडेलको अवस्था गम्भीर भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।श

घाईते हुनेहरुमा चालक म्याग्दी जिल्लाको धौलागिरी गाउपालिका ७ का ४० वर्षिय कृष्णराज पौडेल, यात्रुहरुमा बेनी नगरपालिकाकी २१ वर्षिया जेनिशा खत्री, पर्वत जलजला गाउपालिका ५ का वर्ष २४ का नारायण पुन, ऐ वडा नं ३ का४९ वर्षिय राजु भण्डारी, स्यांजा पुतली बजारा नपा ११ का दिनेश अर्याल रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.