ताराखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाईते, सिटि स्क्यानका लागि पाेखरा रिफर !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ जेठ १० । ताराखोला गाउपालिकामा आज ट्याक्टर दुर्घटना भएको छ । ग १ त २५९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई मोटरबाटो देखि तल्लो मोटरबाटो सम्म करिब २ सय मिटर तल खसेको स्थानिय पृथ्वी सुवेदीले ईबागलुङलाई बताए ।

ताराखोला गाउपालिका ५ मपेसमा घर बनाउनका लागि ढुङगा बोकिरहेको ट्याक्टर एक्कासी दुर्घटना हुदा चालक ताराखोलाका गोर्ख बहादुर घर्ती गम्भीर घाईते भएको सुवेदीले बताए । घर्ती बेहोस अवस्थामा ईमरजेन्सी पोलिक्लिनिक हस्पिटल हटियामा उपचार भईरहेकोमा अहिले उनको होस आएको अस्पतालले बताएको छ । । घाईतेलाई सिटि स्क्यानका लागि पाेखरा सिफर गरिने हस्पितलले जनाएकाे छ । घर्तिकाे टाउकाेमा चाेट लागेकाे छ । घटनाको थप विवरण आउन बाकी रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *