गल्कोट- ४ को डाँडाखेत वडा कार्यालय सम्मको मोटरबाटो कालोपत्रे गरिने !


गुमान सिँह भण्डारी, गल्कोट २०७६ जेठ १० । गल्कोट नगरपालिका ४ को डाँडाखेत वडा कार्यालय सम्मको मोटरबाटो कालोपत्रे गरिने भएको छ । नगरपालिकाको नगरगौरवको योजना अन्तर्गत ५० लाखमा कालोपत्रेको कार्य सम्पन्न गर्ने गरि डेमन कन्ट्रक्सन हटियाले ठेक्का पाएको हो ।

आगामि असार मसान्त भित्र काम सम्पन्न गर्ने गरि २ हत्तादेखि सवग्रेडको कार्य चलिरहेको साईड ईन्जिनियर अर्जुन न्युरेले बताए । गल्कोटको डाडाखेत मध्यपहाडी लोकमार्ग देखि सुखौरा, सल्यान जोडने मोटरबाटोको पहिलो चरणमा वडा कार्यालय नजिक सम्म ३ सय ८० मिटर बाटो कालोपत्रे गर्न लागिएको वडा अध्यक्ष बल बहादुर खत्रीले ईबागलुङलाई बताए । नाली सहित ७ मिटर मापदण्ड कायम गरिएको उक्त मोटरबाटोमा ५ मिटर चौडाईमा कालोपत्रे हुने खत्रीको भनाई छ ।

अधिकाश वडाले नगरगौरवको योजनामा कालोपत्रे गर्ने योजनालाई समावेश गरे पनि आफनो वडाले मात्रै कालोपत्रेको कार्य शुभारम्भ गरेको अध्यक्ष खत्रीले बताए । बाँकी केहि वडाले कालोपत्रे नगरी स्तरउन्नति गर्ने जनाएका छन । गल्कोट नगरपालिका भित्र मध्यपहाडी लोकमार्ग पछिको स्थानिय तहमा सबैभन्दा पहिले कालोपत्रे गर्ने वडा ४ नम्बर वडा हुने वडा सदस्य शिव कुमारी खत्रीले बताए । बर्षातले साथ दिए असार मसान्त अगावै कालोपत्रे गरि हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *