१५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ !

म्याग्दी, २०७६ जेठ ९ । वेनी नगरपालिका- ४ डाँडाखेत बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण बिक र २१ वर्षीय विकास किसान रहेका छन् ।

गत जेठ ७ गते राति निज बालिका शौचालय गएको अवस्थामा उनीहरुले डरत्रास देखाई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.