काठेखोला गाउपालिकाका ग्रामीण सडकहरु क्षत विक्षेत सन्चालनमा आउन केहिसमय लाग्ने !

भरत सापकोटा, बागलुङ बिहुँ २०७८ जेठ ९ । काठेखोला गाउपालिकाका विभिन्न वडाहरुमा हिँजोको भीषण वर्षाले ठुलो क्षती पुगेको छ । राष्ट्रिय राजमार्ग संग जोडिने ग्रामिण सडकहरु सबै ठप्प रहेका छ । भीषण वर्षा पछी आएको बाढी पहिरोले अधिकाँश ग्रामिण सडकहरु क्षेतविक्षत बनेका छन् ।

काठेखोला गाउपालिका ५ विहुँ, वडाघर लाँखु पोखरा लगायत विभिन्न भागको सडक सन्चालनमा रहेका छैनन् । सडकका नालीहरु नबनेकाले भल बाढी पसेर सडक अवरुद्ध बनेकोले डोजर प्रयोग गरी सफा गर्ने कार्य भैरहेकोले केहि घण्टामा ग्रामीण सडकहरु सन्चालनमा आउने काठेखोला गाउपालिकाका अध्यक्ष अमरबहादुर थापाले ईबागलुङलाई जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.