बडीगाड गाउपालिकाका वडावडामा नेपाल कम्युनिष्ट पार्टीको सपथ ग्रहण जारी !

कमल पौडेल बडगाड २०७६ जेठ ९ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको वडा तहको सपथ कार्यक्रम जारी रहेको छ। यसै विच बडीगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ । तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो।

सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी बडीगाडका संयोजक गुणानिधि घिमिरे, जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, राजन पाइजा, गाउँकमिटि सदस्य फौज वहादुर केसि, ऋषिराम फुल्लेल लगाएतले मन्तव्य दिएका थिए । कार्यक्रम प्रेम बहादुर खत्रीको अध्यक्षतामा, वसन्ता सिंहको स्वागत मन्तव्य तथा महेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै बडीगाड गाउँपालिका वडा नं. ८, रणसिंहकिटेनीमा पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जिल्ला कमिटि सदस्य विना थापाले सपथ खुवाएकी थिईन । त्यस्तै गल्कोट नगरपालिका वडा नं. ८ काँडेवासमा पनि प्रथम वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा गल्कोट नगर सचिव डम्बर श्रीस, जिल्ला सदस्य पदम सलामी, नगर सदस्य भिम शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वडा संगठन कमिटिका आत्मराम शर्माको अध्यक्षता, तुलनाथ कँडेलको स्वागत मन्तव्य तथा नगिश्वर घिमिरेको स्वागत मन्तव्य मा सम्पन्न भएको थियो । एक वर्ष सम्म सुसुप्त जस्तै रहेको पार्टी हाल चलायमान हुन लागेको हो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.