बुर्तिबाङमा भारी बर्षा, बडीगाड खोलामा बाढी आउने सन्त्रासले स्थानीय त्राहिमाम् !
केहि घण्टाको अबिरल वर्षाका कारण कुले खोलामा आएको बाढीले बिहुँबासीको बिचल्ली !

भरत सापकोटा, बिहुँ २०७६ जेठ ८ । केहि घण्टा देखीको अविरल वर्षाले काठेखोला गाउपालिका ५ बिहुँको कुले खोलामा आएको भीषण बाढीले स्थानीय त्राहिमाम छन् । स्थानीय सापकोटा फेन्सी स्टोर्स देखी तल भल पसेर त्यसतलका घरहरु उच्च जोखिममा रहेका छन् । वर्षा रोकिएको छैन । बिहुँ, तग्राम, धम्जा लगायतका गाउँहरु भीषण वर्षाको चपेटामा परेका छन् । रातिको समय वर्षा नरोकिएको अवस्था र भीषण वर्षा संगैको असिनाले खेतीपातीमा नराम्रो क्षती पुगेको स्थानीयको पिरलो छ । अविरल वर्षाले गर्दा स्थानीयवासी सुरक्षितस्थानको खोजीमा दौडिरहेका छन् ।

अहिले स्थानीयवासी कुले खोलाको बाढी पन्छाएर त्यस तलका बस्तीहरु जोगाउने प्रयास लागेको बताई रहेका छन् भने यसको जानकारी प्रहरी प्रशासनलाई दिईएको ईबागलुङलाई बताए । बाढी लांखुको बस्तीमा बसेपछी स्थानीयवासी आत्तिएका हुन् । काठेखोला चत्रपथको सडकपनि वर्षा र पहिरोले विग्रिएको बताईएको छ ।

बाढी प्रभवित क्षेत्रमा प्रहरीहरु आएर उद्धार गरिरहेको अवस्था छ । बाढीले थप क्षती पुग्न नदिन स्थानीय र प्रहरीले सक्रियतापूर्वक भल नियन्त्रणमा लागेको बताईएको छ ।

यसैबीच, बुतिृवाङबा सहकर्मी सुमन सुनार तथा हिमबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आसपासमा भारी बर्षा भएको छ । गुइहे खोल्सा र बतासे खोलामा गग्रेटा सहितको भल आएर बजार क्षेत्रमा पसे पछि स्थानीय त्राहिमाम् बनेका छन् ।

गत २०७६ सालको बैशाख महिनाको सुरुवातीमा गल्कोट नगरपालिकामा भारी बर्षा सँगै आएको बाढीको स्मरण गराएको आभास बुर्तिवाङबासीलाई भैरहेको छ समाचारमा उल्लेख छ । वर्षा ४ बजेको समयमा सुरु भएको भएपनि ५ः३० तिर बाट भारी बर्षा भएको छ ।

बाढीले पूरन विश्वकर्माको घरका भल पसेको छ भने मिलन विश्वकर्माको फर्निचर उद्योग, गगाबहादुर बिक, लोकबहादुर विक र डम्वर बहादुर केसीको घरहरु उच्च जोखिममा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *