तीन निकायकाे भवन निर्माणकाे लागि २ कराेड ५० लाख बराबरकाे जग्गा ब्यवस्थापन !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ जेठ ८ । गल्काेट, २०७६ जेठ ८ । गल्काेट नगरपालिका ४ ले ३ तीन निकायकाे भवन निर्माणकाे लागि २ कराेड ५० लाख बराबरकाे जग्गा ब्यवस्थापन गरेकाे छ । स्थानियकाे सहयाेगमा स्वास्थ चाैकी, वडा कार्यालय र नेपाल विधुत प्राधिकरण बागलुङ वितरण केन्द्रकाे शाखा कार्यालयकाे भवन निर्माणका लागि साढे ७ राेपनि जग्गा निशुल्क ब्यवस्थापन गरिएकाे वडा अध्यक्ष बल बहादुर खत्रिले बताए । स्वास्थ चाैकीका लागि नुवाकाेटका स्थानिय शिक्षाप्रेमी उमाकान्त सुवेदी, डम्बर बहादुर खत्री, दुर्गा बहादुर खत्री, कृष्ण परियारले निशुल्क साढे ३ राेपनि जग्गा प्रदान गरेका वडा सदस्य शिव कुमारी खत्रीले बताइन ।

वडा कार्यालयकाे भवनका लागि वडा नम्बर ४ का खिम न्याैपाने, गाेविन्द सुवेदी, झविलाल सुवेदीले २ राेपनी जग्गा निशुल्क उपलब्ध गराएकाे वडा सदस्य रविलाल सुवेदीले बताए । त्यस्तै नेपाल विधुत प्राधिकरण बागलुङ वितरण केन्द्रकाे उपसाखाकाे भवन निर्माणका लागि वडा नम्बर ४ का शिक्षाप्रेमी चुडामणि शर्माले २ राेपनि जग्गा निशुल्क प्रदान गरेका छन। वडा कार्यालयले जग्गा ब्यवस्थापनका लागि स्थानियसंग गरेकाे अाग्रहलाई स्थानियले सकरात्मक रूपमा लिई जग्गा उपलब्ध गराएकाे अध्यक्ष खत्रीकाे भनाई छ । स्वास्थ चाैकीकाे भवन निर्माणका लागि यहि बर्ष टेण्डर हुने खत्रीले बताए । वडा कार्यालयकाे भवनका लागि डिपिअार भइसकेकाले केन्द्र र प्रदेश सरकारमा अब छिटै माग गर्न जाने खत्रीकाे भनाई छ । बिधुतकाे शाखा कार्यालयकाे भवन निर्माणका लागि बिधुत कार्यालयले अावश्यक प्रत्रिया पुर्याई छिटै सुरू गर्ने जनाएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *