राष्ट्रिय गणतन्त्र दिवसमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिने !

बागलुङ २०७६ जेठ ८ । राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा अफिसर्स क्लब बागलुङले जिल्लास्तरीय व्याडमिन्टन खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

ब्याडमिन्टन पतियोगितामा सहभागी हुन जिल्ला ब्याडमिन्टन संघले तोके बमोजिमको शुल्क लाग्ने अफिसर्स क्लब बागलुङका अध्यक्ष दीपक तिवारीले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रसेवक कर्मचारी, निर्वाचित जनप्रतिनिधी, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधीहरु र पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले नाम यहि जेठ १० गते सम्म दर्ता गर्न सक्ने बताईएको छ । उल्लेखित खेलाडीहरुले नाम दर्ताको लागी अफिसर्स क्लब बागलु«ङका सदस्य केशव लामिछाने र ब्याडमिन्टन संघका विवेक जीसी र राजेन्द्र शाक्य संग समन्वय गर्न आग्रह गरिएको छ ।

ब्याडमिन्टन प्रतियोगित फाईनल खेल जेठ १४ गते हुने क्लबका अध्यक्ष तिवारीले ईबागलु«ङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.