समाजसेवी शर्माव्दारा १ करोड मुल्य बराबरको जग्गा विद्युत प्राधिकरणलाई नि:शुल्क प्रदान !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ जेठ ८ । गल्कोटका समाजसेवी चुडामणि शर्माले आफना स्वर्गिय बुवा डण्डपाणी शर्माको स्मृतिमा २ रोपनि जग्गा निशुल्क प्रदान गरेका छन । गलकोट नगरपालिका वडा नम्बर २ नरेठाटीमा रहेको चलनचल्तीमा १ करोड मुल्य बराबरको जग्गा नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र गल्कोट उपशाखा स्थापनाका लागि निशुल्क उपलब्ध गराएका हुन् ।

राज्य पुनस्थापना पछि स्थानिय तहमा आवश्यक पर्ने कार्यालहरू निर्माण गर्न जग्गाको समस्या पर्ने भन्दै स्थानियहरूबाटै यसको सुरूवात गर्नुपर्ने सन्देश दिनका लागि जग्गा उपलब्ध गराएको शर्माले बताए । गल्कोट र आसपासका क्षेत्रका सेवा प्रवाह गर्ने उदेश्यले बिद्युत प्राधिकरणले जग्गा खोजिरहेको अवस्थामा गल्कोट नगरपालिका वडा नम्बर ४ को पहलमा शर्माले जग्गा प्रदान गरेका हुन । गल्कोटको डाडाखेत, मध्यपहाडी लोकमार्ग संग जोडिएको जग्गा भएका कारण सेवा प्रवाहमा सहज हुने प्राधिकरण बागलुङका हरि सुनारले बताए ।

नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख कपिल राज पाण्डेका अनुसार जग्गा ब्यवस्थापनको समस्या समाधान भएकाले अब तत्काल काम अगाडी बढाईने बताए । गल्कोटमा कार्यालय स्थापना लगतै गलकोट संगै पश्चिम क्षेत्रका अधिकाश जनता लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.