ढोरपाटन नगरपालिकाको गाडी कुनपाको चुवामा दुर्घटना, ४ जना घाईते !

पर्वत (कुस्मा) २०७६ जेठ ८ । ढोरपाटन नगरपालिका बुर्तिवाङबाट पोखराको लागि छुटेको ढोरपाटन नगरपालिकाको ग २ च ५९८१ नंबरको गाडी कुस्मा नगरपालिका चुवामा दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालक ढोरपाटन नगरपालिका वडा नं ६ का ३१ वर्षिय धनबहादुर कामी, ऐ बस्ने वर्ष ११ की मोना बिक, पोखरा उपमहानगरपालिकाका अभिशेष काफ्ले र ढोरपाटन नगरपालिका ९ का वर्ष ४६का सोनाम गुरुङ घाईते भएको प्रहरी निरीक्षक राजन रायमाझीले ईबागलुङलाई बताए ।

घाईते मध्य चालक कामीको अवस्था गम्भीर रहेको र निज सहित अन्य घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *