उत्कृष्ट काम गर्ने दुईजना रेडियो साथीलाई सम्मान !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ चैत १५ । ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङले उत्कृष्ट काम गर्ने दुईजना रेडियो साथीलाई सम्मान गरेको छ ।

आज रेडियोमा एक कार्यक्रमको आयोजना गरि गत ६ महिनाको अबधिमा रेडियोमा सक्रियातापुर्बक निरन्तर काम गर्ने रेडियो साथी मोहन बुढा मगर र सरिता गोतामेलाई सम्मान गरेको हो ।

रेडियोले स्थानिय स्तरबाट रिपोर्टिङ लगायतका काम गर्नका लागि भिन्न ठाउँमा रेडियो साथीलाई जिम्मेवारी दिएको छ । सम्मानित हुने मोहन बुढा मगर बाडिगाड गाउँपालिकाको दर्लिङ र सरिता गोतामे तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट रेडियो साथीको रुपमा काम गर्दै आएका छन् ।

दुबैजनालाई रेडियोका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले मायाँको चिनो सहित डायरी तथा कलम प्रदान गरि खादा र अबिर लगाएर सम्मान गरेका थिए । रेडियो साथी क्लवमा नयाँ सदस्य कुम्बिर विश्वकर्मा र सृजना कुँबरलाई स्वागत पनि गरिएको छ ।

सो अबसरमा भएको रेडियो साथीको भेलाले रेडियो साथी क्लवको पुनर्गठन गरेको छ । अनिलकुमार विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । सहसंयोजकमा विष्णु पौडेल, सचिबमा कुम्बिर विश्वकर्मा, सहसचिबमा कमला खनाल र कोषाध्यक्षमा ईन्द्रलाल रेग्मी रहेका छन् ।
कार्यक्रममा प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेल, स्टेशनम्यानेजर कृष्ण कँडेल, कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्मा र रेडियो साथी क्लवका संयोजक अनिल कुमार विश्वकर्माले सहजिकरण गरेका थिए ।

सम्मानित रेडियो साथी सरिता गोतामेले आगामि दिनमा अझै जिम्मेवार भएर काम गर्ने र पुनगर्ठित रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माले सबैसाथीहरुलाई साक्रिय बनाई सञ्चार क्षेत्रमा अघि बढ्ने प्रतिबद्धाता व्यक्त गरेका थिए ।

कार्यक्रम रेडियो साथी क्लवका संयोजक विश्वकर्माको अध्यक्षता र सदस्य कमला खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *