फेसबुक म्यासेन्जरबाट महिलालाई अश्लील समाग्री पठाउने युवक पक्राउ !

महेन्द्र केसी, पर्वत २०७६ जेठ ७ । सामाजिक सञ्जाल फेसबुकबाट अश्लील समाग्री पठाउने एक युवा पक्राउ परेका छन् । मोदी गाउँपालिका ६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपालीलाई एक महिलालाई फेसबुक म्यासेजबाट अश्लील समाग्री पठाएको आरोपमा प्रहरीले पक्राउ परेको हो ।

ती महिलालाई विभिन्न समयमा म्यासेज मार्फत दुव्र्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गराएकी थिइन्।

अभियुक्तलाई उनकै घरबाटै पक्राउ गरी विद्युतीय ऐन अन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *