फलामको रडमा सलाईको बारुद भरेर बम बनाउदै गर्दा पड्किएर दुई जना घाईते !

महेन्द्र केसी, पर्वत २०७६ जेठ ७ । पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

बिहादी गाउँपालिका ६ शालिग्राममा फलामको रडमा बारुद भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका हुन् ।

घाइते घर्तीको अबस्था भने गम्भीर रहेको छ । उनको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ भने घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद भरेर बम बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
०००

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *