कालीगण्डकी करिडोर : मालढुंगा देखी पानीटंकी सम्म दिनमा ६ घण्टा सडक बन्द रहने !

किरण आचार्य, बागलुङ २०७६ जेठ ७ । जिल्ला प्रशासन कार्यालय बागलुङमा कालीगण्डकी करिडोर सडक विस्तार आयोजना सम्वन्धी आयोजनाका सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा बागलुङ नगरपालिका १ मालढुंगा देखी दब्ल्याङ घुम्ती हुँदै बानपा १४ पानी टंकी खण्डको सडक यहि जेठ १४ गते देखी असार मसान्त सम्म विहान १०.३० बजे देखी बेलुकी ४.३० बजे सम्म सडक बन्द गरी सडक विस्तार गर्ने निर्णय गरेको छ ।

बैठकमा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, कालीगण्डकी करिडरका प्रमुख अवकाशप्राप्त प्रमुख सेनानी रश्मीराज भट्टराई, जिल्ला प्रहरीकार्यालय बागलुङ प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टरार्ई, कालीगण्डकी करिडरका प्रवक्ता टीकाराम ढकाल समेतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *