ताराखोला को वडा न ५ मा महिला स्वास्थ सम्बन्धि कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ ७ । ताराखोला गाउँपालिका को आर्थिक सहयोग र महिला संजाल वडा न ५ तारा को आयोजना मा महिला स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार ताराखोलामा सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा रहेका महिला हरुलाइ महिला स्वास्थ्य सचेतता सम्बन्धि ज्ञान दिलाउने उदेश्य कार्यक्रम आयोजना गरिएको महिला संजालकी अध्यक्ष कौशिला घर्तीले जानकारी दिइन।

कार्यक्रमको अबसरमा ताराखोला गाउपालिकाका स्वास्थ्य शाखा संयोजक शंकर बिष्ट र अर्गल स्वास्थ चौकीका प्रमुख बिराजु जि सिले सर्ने र नसर्ने रोगका लक्षणहरु, बच्ने उपाय र ध्यान दिनु पर्ने कुराहरुका बारेमा सहजीकरण गरेका थिए। विशेष गरि महिलाहरुको पाठेघरमा हुने क्यान्सर , स्तन क्यान्सरका बारेमा बृस्तृतमा जानकारी गराइएको आयोजकले जनाएका छन ।

सोहि अबसरमा ताराखोला स्वास्थ चौकीका अनमी सरिता गैरे र तनमती घर्तीले गर्बवती महिलाका लागि पोषणको महत्व र गर्भाबस्थामा हुने खतराका लक्षणहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष राम बहादुर रोका महिला संजाल ताराखोला ५ की कोषाध्यक्ष रुपा पुन लगायतले मन्तव्य राखेका थिए ।

स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम मा वडा न ५ भित्र का सबै टोल हरु बाट करिब ९० जना महिला हरुको सहभागीता रहेको थियो । कार्यक्रम महिला संजाल वडा न ५ की अध्यक्ष कौशिला घर्तीको अध्यक्षता र सचिब लालमती घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.