चुनाव केन्द्रित प्रचारप्रसार गर्न प्रेस युनियनले को, कस्लाई संयोजक तोक्यो ?

सुमन जि.सी /हरि शर्मा , बागलुङ २०७३ चैत १५ । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको चुनावलाइ लक्षित गरी प्रेस युनियन बागलुङ शाखाले जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडामा प्रचार प्र्रसार संयोजक तोकेको छ ।

प्रेस युनियन संघ सम्वन्धित जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाइ पायक पर्ने नगरपालिका र गाउँपालिकामा संयोजक तोकी जिम्मेवारी दिइएको युनियनले बताएको छ ।

युनियनले दिएको जानकारी अनुसार बागलुङ नगरपालिका वडा नम्वर १,२,३ र ४ मा सुवास आचार्य, वडा नम्वर ५,६ र ७ मा रविन परियार, वडा नं ८,९,१०,११ सुमन जिसी, बानपा १२,१३ र १४ बलेवा क्षेत्रमा नारायण रिजाल रहेका छन् । त्यस्तै जैमिनी नगरपालिकामा संयोजकमा हरि शर्मा र सहसंयोजक नारायण रिजाल रहेका छन भने गल्कोट नगरपालिकामा चन्द्रमणि न्यौपाने र गुमानसिंह भण्डारी, ढोरपाटन नरपालिका र निसीखोला गाउँपालिका छविलाल पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तैगरी काठेखोला गाउपालिकामा गणेश नेपाली, बडीगाड गाउपालिकामा संगम घर्ती मगर, तमानखोला गाउँपालिकामा बसन्त घर्ती, ताराखोला गाउपालिकामा महेन्द्र निउरे र शान्त खत्री, बरेङ गाउपालिकामा मदन कार्कीलाइ जिम्मेवारी तोकिएको छ ।

सम्पूर्ण जिल्ला भरीको चुनाव गतिविधी तथा समाचारहरुको छनोटमा प्रदिप पन्तलाइ जिम्मेवारी तोकिएको छ । स्थानीय चुनावको प्रचारप्रसार तथा समाचार संकलन गर्नका लागि प्रेस युनियन बागलुङ शाखाले सम्पुर्ण पत्रकार तथा सञ्चारकर्मी साथीहरुलाइ सहयोग गर्न आह्वान समेत गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ‘हामी सवैको रहर,नेपाल पत्रकार महासंघको साझा घर ‘ भन्ने मूल नारालाइ आत्मसात गर्दै यहि चैत्र १६ देखि सुरु हुने आर्थिक संकलन अभियानमा सहयोग गर्न आग्रह गरेको छ । पत्रकार महासंघको भवन निर्माणमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरुबाट पनि आर्थिक संकलन गर्ने र सम्पूर्ण संघसंस्था,निकाय,सरकारी कार्यालय,राजनीतिक दल सवैसँग सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी प्रेस युनियन बागलुङ शाखाको नेपाल बैङ्कमा खाता सञ्चालनका लागि प्रेस युनियन जिल्ला अध्यक्ष नरेँश कडेल र कोषाध्यक्ष उषा पौडेलको नाममा सञ्चालन गर्ने निर्णय बैठकमा भएको छ । गल्कोट क्षेत्रमा बैशाख पहिलो साता गल्कोट भेला गरी गल्कोट इकाइ गठन गर्ने भएको प्रेस युनियन जिल्ला अध्यक्ष नरेश कडेलले बताए ।

यहि चैत्र २६ गते पोखरामा हुन गइरहेको प्रेस युनियनको राष्ट्रिय भेलामा जिल्लाका सम्पूर्ण युनियनका पदाधिकारी एवं सदस्यहरुलाइ उक्त भेलामा सहभागि हुन आग्रह गरिएको सचिव संगम घर्ती मगरले बताए ।

बैठक प्रेस युनियन जिल्ला अध्यक्ष नरेश कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैवीच नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङले प्रेस युनियन बागलुङबाट नेपाल पत्रकार महासंघ बागलुङ छैठौ अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्य तथा पार्षदहरुलाइ एक कार्यक्रमका बीच बधाइ तथा सम्मान गरेको छ ।

सो अवसरमा नव निर्वाचित पदाधिकारी सदस्य तथा पार्षदहरुलाइ दोसल्ला सहित सम्मान गरिएको थियो । सो अवसरमा प्रेस युनियन जिल्ला अध्यक्ष कडेँल नेपाल पत्रकार महासंघको उपाध्यक्ष,महिला उपाध्यक्ष उषा पौेडेल,सह—सचिव शुवास आचार्य, सदस्यमा नारायण रिजाल, केन्द्रिय पार्शद ज्ञानेन्द्र गौतम, प्रदेश पार्शदहरुमा धनराज सापकोटा, प्रदिप पन्त, गणेश नेपाली, संगम घर्ती मगरलाइ सम्मान गरिएको थियो ।

सो अवसरमा नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले नवनिर्वाचित कार्यसमितिमा सहभागी भएका प्रेस युनियनका पत्रकार साथीहरुलाइ बधाइ तथा शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव नवराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.