काँग्रेसी नेताहरु जागरण अभियान लिएर आज बरेङ डाँडामा … !

बागलुङ २०७६ जेठ ७ । नेपाली काँग्रेसका केन्द्र देखी जिल्ला र स्थानिय स्तरका नेताहरु पहिलो चरणको एक महिने अभियान लिएर गाउँ गाउँमा आफ्ना कार्यकर्ताहरु सँग भेटघाटमा व्यस्त रहेका छन । जिल्लामा प्रनिनिधिको रुपमा खटिएका केन्द्रिय समितिका प्रतिनिधिहरु गाउँमा कार्यकर्ता सँग जागरण अभियानका सन्देश पु¥याउन खटिएका छन ।

यतिबेला काँग्रेसी नेताहरु गाउँघरमा विग्रेको सडक मर्मत गर्दै अभियानमा सहभागी भैरहेका छन । काँग्रेस केन्द्रिय समितिले हरेक जिल्लामा प्रतिनिधि खटाएको छ । बागलुङका लागि पनि केन्द्रिय सदस्य शंकर भण्डारी आफ्ना कार्यकर्ताहरु सँगै गाउँ गाउँमा पुगेका छन ।

भण्डारीको टोली सोमबार जिल्ला स्तरको नेताको साथमा दक्षिण बरेङ गाउँपालिकाको कार्यक्रममा सहभागीता जनाई रहेका छन् । बिग्रेको सडक मरमत गर्दै अभिायानलाई गाउँ गाउँ सम्म पुयाई रहेका छन् ।

जागरण अभियानका मुल उद्देश्य भनेकै हरेक समुदायलाई सहयोग गर्ने हो, नेता भण्डारीले भने, ‘हामी भाषण भन्दा पनि समाज सँग प्रत्यक्ष सरोकार रहने विषयमा काम गर्नेछौं अभियानकै क्रममा बाटो मर्मत गर्दै सम्बन्धित स्थानमा पुग्यौं । जागरण अभियानका क्रममा आम कार्यकर्ताको मर्मबुझने काम गर्नेछौं ।

भण्डारी सँग जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का जिल्ला सचिव नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, जिल्ला सदस्य हरि आचार्य लगायतका नेता तथा कार्यकताहरु रहेका छन । सदरमुकामबाट बरेङ जाने बाटो ठाउँ ठाउँमा विग्रेको कारण उनिहरु मर्मत गर्दै कार्यक्रम स्थलमा पुगेका हुन । आज मंगलबार बरेङ डाँडामा रहेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जिल्लास्तरको टोली त्यहाँ पुगेको हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.