नेपालको संविधानले दिएको मौलिक हक र अधिकार विश्वको कुनै संविधानमा नभएको सांसद सापकोटाको दावी !

राजमोले नगरपालिका विरुद्ध प्रकाशित गरेको प्रेश विज्ञप्ती निराधार, जनतामा भ्रम सृजना गर्ने कुचेष्टा !

सुमन सुनार, बुर्तिबाङ २०७६ जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटीको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । नेकपा जिल्ला कमिटी बागलुङको निर्देशन तथा सरकुलर अनुसार बुर्तिबाङमा उक्त कार्यक्रम गरिएको हो ।

गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाको विशेष उपस्थितिमा नेकपा ढोरपाटन नगर कमिटिका सदस्यहरुलाई सपथ खुवाइएको पार्टीले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्ुूनिष्ट पार्टी जिल्ला कमिटि बागलुङका अध्यक्ष सापकोटाले नेपालको संविधानले जनतालाई दिएको मौलिक हक र अधिकार संसारका कुनै पनि लोकतान्त्रिक संविधानमा नभएको दाबी गरे । नेपालको संविधानले जनतालाई धेरै अधिकार सम्पन्न बनाएको भन्दै सांसद सापकोटाले समाबेशी र समानुपातीक प्रतिनिधित्व प्रणालीको सुनिश्चित पनि गरेको बताए ।

कांग्रेस भित्र हिन्दु राज्यको माग जोड तोडले चलिरहेको बताउँदै उक्त विषय संविधान ध्वस्त पार्ने कुरा भएको उनको भनााई थियो । अध्यक्ष सापकोटाले कम्युनिष्टहरुसंग नभएर राजासंग मिलेर जानुपर्छ भन्ने जस्ता थुप्रै अतिवादी सोच र चिन्तनहरु कांग्रेसमा भएको उल्लेख गर्दै संविधानको सहि कार्यान्वयन, संविधानले हासिल गरेका उपलब्धीहरुको रक्षा र संविधानले दिएको अधिकारहरुलाई सुनिश्चित गर्नका निम्ती नेकपाको सरकार आवश्यकता परेको उनको दाबी थियो ।

प्रदेश सांसद सापकोटाले संविधानको कार्यार्थ र रक्षा गर्न, मुलुकलाई समृद्ध र विकास निर्माणमा अगाडी बढाउन, समाजबाद तर्फ अगाडी बढ्न, ६२, ६३ को जनआन्दोलनका सबै उपलब्धीलाई संस्थागत गर्नका निम्ती नेकपा एमाले र माओवादी विच पार्टी एकता भएको बताएका थिए । साथै उनले संघियता देशमा आए पछि देशमा धेरै ठुला उपलब्धी भएको तर जनताले बुझ्न नसकेको समेत बताए ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा नेकपाका जिल्ला कमिटि सदस्य देव कुमार नेपाली, चन्द्रलाल अर्याल, नेकपाका नेता तुल्सीराम अर्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनिहरुले समृद्ध नेपाल निर्माणका लागि नेकपाका सवै नेता, कार्यकर्ता एकताबद्ध भएर अगाडी बढ्न आवश्यक रहेको औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ढोरपाटन नगर कमिटीका अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष लक्षमण पुनको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिकाकी नगर उपप्रमुख करमती पुन लगायत नगरस्तरका पार्टी, नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

सपथ ग्रहण कार्यक्रम पछि बसेको कमिटिको प्रथम बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिले जेठ ५ गते आइतबार ढोरपाटन नगरपालिकामा चरम अनियमितता भएको भन्दै नगरपालिका विरुद्ध प्रकाशित गरेको प्रेश विज्ञप्ती निराधार, कपोलकल्पीत, झुट रहेको र सिंगो पार्टी कमिटि, नगर प्रमुखलाई समेत जोडेर अपमान तथा जनतामा भ्रम सृजना गर्ने कुचेष्टा गरेको भन्दै त्यसको घोर भ्रत्सना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी वडा स्तरिय सपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने निर्णय सहित कार्यतालिका समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत यहि जेष्ठ ७ गते वडा नं. १, २, ४ र ५ मा जेष्ठ ९ गते वडा नं. ३, ८ र ९ मा र वडा नं. ६ र ७ मा जेष्ठ ८ गते सपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी नेकपा ढोरपाटन नगर कमिटीका सचिव भिम गौतमले गरेका थिए ।

उता निसिखोला ७ बाट आज ८ जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । नेपाली काग्रेस परित्याग गरी ताराप्रसाद श्रेष्ठ ताल प्रसाद श्रेष्ठ गणेस प्रसाद श्रेष्ठ सुरेन्द्र श्रेष्ठ थम्मन रावल र नर बहादुर कुवर नेकपा प्रवेश गरेको बताइएको छ भने राजमो परित्याग गरी नविन पुन मगर र सुमित खत्री नेकपा प्रवेश गरेको निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी निसीखोला गाउँ कमिटि अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । निसीखोला गाउँपालिकाको वडा नम्बर ७ मा सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको वडा कार्यलय उद्घाटन तथा सपथ ग्रहण कार्यक्रमको अवसर पारेर उनिहरुले पार्टी प्रबेश गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.