एमाले माओवादी पार्टी एकता देशको विकास र सम्वृद्धिको लागि भएको हो : जिल्ला अध्यक्ष सापकोटा

गल्काेट २०७६ जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्कोट नगर कमिटीको आयोजनामा प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम आज हटियामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटाले नेपालमा समाजवाद निर्माण गरि समृद्व राष्ट्र निर्माण गर्ने उद्येश्यले तत्कालीन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएको बताएका छन् । पार्टी एकता पछि भौतिक रुपमा कार्यकर्ता एक ठाउमा भईसकेको र अब मानसिक रुपमा एक ढिक्का हुनु सांसद सापकोटाको भनाई छ ।

जिल्ला अध्यक्ष सापकोटाले अहिले एक थरी तत्व अनेक बाहानबाजी गरेर विभिन्न योजनामा संविधान च्यात्ने प्रयत्नमा लागि परेको भन्दै लोकतन्त्र, धर्मनिरपेक्षता, संघियता समावेशिता खतरामा रहेको बताए । त्यसको लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता सजक रहनु पर्ने सापकोटाकाे धारणा व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्कोट नगर कमिटीका नव गठित कार्य समितिलाई सपथ ग्रहण गराभएका थिए ।

पार्टीमा ईमान्दार, कर्मठ र चुस्त दुरुस्त रुपमा अगाडी बढ्ने नगर कमिटीले प्रतिवद्वता व्यक्त गरेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले शुभकामना मन्तव्य राखेका थिए ।

सपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, सदस्य कौशिला घर्तीको स्वागत र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.