बुर्तिवाङमा खड्कियो एक सहयोगी मित्रको अभाव !

बुर्तिवाङ २०७६ जेठ ५ । झण्डै तीन वर्ष देखी बुर्तिवाङ बजारमा बसेर सामाजिक कार्यहरुमा सक्रिय एवं सहयोगी भावनाले ओतप्रोत एक युवा सहयोगी मित्रले बुर्तिवाङ बजारबाट बिदा लिईरहँदा धेरैको अनुहारमा उदासीनता देखियो । सदैव हँसी खुशीका साथ मित्रहरु समक्ष प्रस्तुत हुँने सरल मिलनसार स्वभावका धनी दीपक पराजुलीको अभाव बुर्तिवाङ बजारमा निकै खड्किएको देखियो । पराजुलीले बुर्तिवाङलाई अलबिदा गरेर गन्तव्य तिर लागेपछी मित्रको अभावको पीडाको अनुभूति स्थानीयले गरेका छन् ।

उनी हनुमानध्वज गुल्म ढोरपाटनमा कार्यरत थिए । ढोरपाटन स्थित नेपाली सेनाको हनुमान ध्वज गुल्म स्थानान्तरित भएसंगै पराजुलीले बुर्तिवाङ छोडेका हुन् । ढोरपाटन शिकार आरक्ष कार्यालयको सुरक्षार्थ हुनमानध्वज गुल्मको ठाउँमा गुल्मपति प्रेमबहादुर गिरीको कमाण्डमा श्री शत्रुमर्दन गुल्मले आफ्नो जिम्मेवारी सम्हाली सकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.