अन्नपुर्ण बचत समूह कतारको साधारण सभा सम्पन्न !

कतार २०७६ जेठ ५ । अन्नपुर्ण बचत समूह दोहा कतारको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वार्ड नम्बर ६ र ७ स्थाई घर भई रोजगारीको सिलसिलामा दोहा कतारमा रहेका ब्यक्तिहरुको अग्रसरतामा स्थापित समुहको पहिलो साधारण सभा शुक्रबार सम्पन्न भएको हो ।

अन्नपुर्ण बचत समूह दोहा कतारका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेम बहादुर गुरुङ, कृष्ण प्रसाद देवकोटा, मोहन देवकोटा, शुसिल देवकोटा, इन्द्र बहादुर खत्री , महदत्त लामिछाने, रमेश वि।क।, भिम बहादुर जि।सी।, भरत देवकोटा, गबर गुरुङ, गणेश बिक, मधुसुधन देवकोटा, गणेश देवकोटा , टंक प्रसाद देवकोटा तथा प्रभु गुरुङ लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

समुहका उपाध्यक्ष कृष्ण प्रसाद देवकोटाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष गणेश जि।सीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव अग्निधर देवकोटाले संचालन गरेका थिए। सोही अबसरमा समुहका कोषाध्यक्ष गणेश जि। सी ज्यु कतार बसाइँलाई बिट मारेर मातृभुमि फर्कनु लागेकोले गबर गुरुङ कोषाध्यक्षमा सर्बसहमति चयन भएका छन् । ब्यक्तिगत कारणबस समुहमा निरन्तरता दिन नसकेका समहका सदस्य द्वय हिम बहादुर गुरुङ र गोबिन्द नेपालीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.