राज्यको लगानी अनुसार सामुदायिक बिद्यालयले प्रतिफल दिनसकेनन्– प्रदेश मन्त्री गुरुङ्ग

कापिला कँडेल बागलुङ २०७६ जेठ ५ । गण्डकी प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री किरण गुरुङले सामुदायिक बिद्यालयले राज्यको लगानी अुनसार प्रतिफल दिन नसकेको बताएका छन् । काठेखोला गाउपालिका रेश नुन्थला माध्यमिक बिद्यालयको आयोजनामा भएको शैक्षिक महोत्सवको समापनका अवसरमा बोल्दै प्रदेश मन्त्री गुरुङले शैक्षिक क्षेत्रमा देखिएको बिकृति बिसंगति अन्त्यका लागि राज्यले नीतिगत हस्तक्षेप गर्ने दाबी गरे । प्राविधिक र व्यवहारिक शिक्षाबाट देशलाई समृद्धि तर्फ लैजानु पर्ने उनको भनाई थियो ।

गुरुङले गण्डकी प्रदेशमा बैज्ञानिक ढंगले नीति निर्माण गरि अगाडि बढ्ने भन्दै प्रदेशस्तरीय प्राविधि तथा बिश्वबिद्धालय स्थापना गर्ने योजना गरेको बताए । भवन तथा भौतिक संरचनाले मात्र गुणस्तर सुधार नहुने भएकोले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

र्यक्रममा गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कंडेलले शिक्षा र स्वास्थ्यको जिम्मेवार राज्यले लिनु पर्ने भन्दै गुणस्तर अभिबृद्धिका लागि शिक्षक, अभिभावक, बिद्यार्थी सबैले ध्यान दिनुपर्ने बताए ।

यस्तै गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले शिक्षा क्षेत्रको विकासका लागि प्रदेशले कार्यक्रम स्वीकृत गरेको जानकारी दिए । यस्तै काठेखोला गाउपालिका अध्यक्ष अमरबहादुर थापाले गाउँपालिका भित्रका शैक्षिक संस्थाको तथ्यांक संकलन गरेकाले बिद्यार्थी कम भएका विद्यालयलाई मर्ज गर्ने तयारी गरेको उल्लेख गरे । नेकपाका नेता हिराबहादुर केसीले शैक्षिक अभियानमा जनताको सकरात्मक प्रतिबद्धता हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

बिद्यालयमा प्राविधिक धारका बिषय अध्यापन गराउन थालिएको अक्षय कोष स्थापना गर्ने अभियानमा हाल सम्म १ करोड ८४ लाख रुपैयाँ संकलन भएको विद्यालयका प्रध्यानाध्यापक ओमबहादुर थापाले जानकारी दिए ।

सो अवसरमा ५ लाख ६५ हजार प्रदान गर्ने नन्दबहादुर थापा, नन्दराम थापा, तिलक थापाको परिवारले पहिलो स्थानमा र ५ लाख ५५ हजार ५ सय ५५ प्रदान गर्ने भिमबहादुर कार्कीको परिवारले दोस्रो ठुलो दान प्रदान गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

सर्वाधिक दान दाताको तर्फबाट हरी कला थापा र भिम बहादुर कार्की लगायत सम्पुर्ण दान दातालाई सम्मान गरिएको आयोजकले बताएका छन् । कार्यक्रम काठेखोला गाउपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाको स्वागत र शिक्षक डिल कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.