खरुवा मावि गल्कोटमा सम्पन्न एक दिने स्वास्थ्य शिविरमा १२ सय ४५ जनाको स्वास्थ्य परीक्षण !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७६ जेठ ५ । गल्कोट नगरपालिका ४ नम्बर वडा कार्यालय र रेडक्रस सोसाइटी गल्कोट हटियाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल ९हेन०को सहयोगमा संचालित एक दिने निशुल्क स्वास्थ शिबिर खरुवा मा बि मा सम्पन्न भएको छ ।

शिविरमा आँखा, हाडजोर्नी, नसारोग, दन्तरोग, स्त्रीरोग, मधुमेह रोगका १ हजार २ सय ४५ बिरामीको स्वास्थ्य परक्षिण गरिएको छ । उक्त शिबिरमा ३ सय ३६ जना आँखा, ३ सय ४६ जना जनरल फिजिसियन, ३ सय ३० जना हाडजोर्नी तथा नसा रोग, १ सय ३५ जना स्त्रीरोग र ९८ जनाले दन्त रोगको उपचार गराय भने २ सय ५० जना आखाका बिरामीलाइ निशुल्क चस्मा बितरण गरिएको वडा अध्यक्ष बलबहादुर खत्रीले बताए ।

कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल काभेपलाञ्चोक र सिया फार्मेसी तथा मिनभवन औषधी पसलको सह आयोजनामा सन्चालन भएको उक्त शिबिरमा आन्दबन अस्पतालका डा जयराज शर्मा, परोपकार प्रसुती अस्पतालका डा बालगोबिन्द चौधरी, धुलीखेल अस्पतालका डा दिल बहादुर तामाङ, डा बिजेश चौधरी, शिभिल अस्पतालका डा शिबराम न्योपाने लगायतका विशेषज्ञ डाक्टरहरु उपचार गरेको नेपाल रेडक्रस सोसाइटी गल्कोटका सभापति कृष्ण प्रसाद गैतमले बताए ।

समापन सत्रमा शिबिर सफल पार्न सहयोग गर्ने विशेषज्ञ डाक्टरहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो भने वडाका आमा समूह, सामुदायिक बन उपभोक्ता समिति, क्लब, स्वयंसेवक लगायतलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रम वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी हटिया उपखाका सदस्य ढालिन्द्रप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.