नेपाल कोसिकि कराते फेडेरेशनको नव नियुक्त अध्यक्ष कडेंल बिहुँकोटमा सम्मानित !

भरत सापकोटा, बिहुँ बागलुङ २०७६ नेठ ४ । बागलुङ जिल्लाको काँठेखोला गाउंपालिका वाड न ५का कृष्णप्रसाद कडेंललाई वल्ड कोसिकि कराते फेरेडेशन ले केहि दिन पहिले जापान आयोजित एक कार्यक्रमको अवसरमा नेपालमा शाखा बिस्तार गर्दै संस्थापक अध्यक्ष कडेंलले बताए। हाल सम्म ४० देशमा स्थापित गरिएको यस संस्था नेपाल ले पनि ४१औ स्थानमा बिस्तार हुन तेहिमा ग्रामिण क्षेत्रका स्थानियले नेतृत्व लिन पाउनु गर्वको बिषयरहेको समेत उनि बताउछन्।

सो शाखा बिस्तार गरेर स्वदेश फर्केका कृष्णप्रसाद कडेंललाई हिजो एक समरोह को आयोजना गरि लालिगुरास बोडिङ्ग स्कुलले सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा बोल्दै कार्यक्रम प्रमुख अतिथि एवं वडा ५ का वडा अध्यक्ष शिब प्रसाद कडेंलले खेलकुद कै माध्यम बाट ग्रामिण क्षेत्र रहेको बिहुँकोटलाई विश्वका विभिन्व देश चिनाउदै आफ्नो ब्यक्तित्व विकाश र समाजलाई खेलकुदकै माध्यमबाट परिवर्तित गराउन खोज्नु निक्कै महत्व पुर्ण योगदान गरेको मा प्रसंसा समेत गरेका थिए।

सो कार्यक्रम अमर मा बि का प्र अ भिष्म कडेंल वडा सदस्य खगिश्वरा न्यौपाने लागुरास बोडिङ्ग स्कुलका पुर्ब अध्यक्ष नारायण प्रसाद कडेंल समाज सेबि महेन्द्र पुन लगाएत ले बोलेको कार्यक्रम को स्वागत ब्यबस्थापक जोषेफ प्रधानको रहेको थियो।

सो कार्यक्रममा बोल्दै नेपाल कोसिकि कराते फेरेडेशनका अध्यक्ष एवं बिहुँकोट खेलकुद विकाश केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका कडेंलले आफुले पाएको सम्मान सम्पुर्ण गाउंबासिकै हात रहेको भन्दै सबैलाई धन्यबाद ब्यक्त गरेका थिए।

लालिगुरांस बोडिङ्ग स्कुलक संचालक समितिका अध्यक्ष राजु सापकोटा को अध्यक्षता सम्पन्न भएको कार्यक्रम सन्चाल शिक्षक भुवानि कडेंल गरेका थिए.।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *