नवजीवन पुनस्थापन केन्द्र कुँडुलेमा क्षयरोग परीक्षण शिविर सम्पन्न !

बागलुङ, २०७६ जेठ ४ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको नवजीवन पुनस्थापन केन्द्रमा क्षयरोग परिक्षण शिविर सम्पन्न गरिएको छ । जोखिम युक्त क्षेत्रमा क्षयरोगको परिक्षण कार्यक्रम अन्तरगत पुनस्थापन केन्द्रमा रहेको सर्वसाधारणहरुको क्षयरोग परिक्षण गरिएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले केन्द्रमा रहेका ५० जना पुरुषहरुको क्षयरोग जाँचका साथै अन्य स्वास्थ्य जाँच गरेका थियो ।

क्षयरोगका साथमा उनिहरुको पिसाबमा प्रोटिन, सुगर प्रेसर एचाईभी एड्सका जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सहायक देवप्रकाश घिमिरेले ईबागलुङलाई जानकारी दिए ।

जाँच गरेका मध्ये एक जनामा सुगर देखिएको हुँदा थप उपचारका लागि सल्लाह दिईएको केन्द्रका सन्चालक सचिन खडकाले बताए । । शिविरमा १० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । शिविरमा संकलन भएका स्लाईडको जाँच पश्चात रिपोर्ट तयार हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *