नेपाल राष्ट्रिय मगर संघ, बागलुङको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा घर्ती मगर

बसन्त घर्ती मगर, बागलुङ २०७६ जेठ ४ । नेपाली काङ्ग्रेसको भातृसङ्गठन नेपाल राष्ट्रिय मगर संघ, बागलुङको बागलुङ बजारमा सम्पन्न भएको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनले अध्यक्षमा गल्कोट नगरपालिकाका तिलक घर्ती मगर, उपाध्यक्षमा जैमिनी नगरपालिकाका पुरन श्रीस मगर, सचिवमा काठेखोला गाउँपालिकाका मन बहादुर पुन मगर, कोषाध्यक्षमा बरेङ गाउँपालिकाका दल बहादुर थापा मगर र सह(सचिवमा निसीखोला गाउँपालिकाका बिना कुमारी घर्ती मगर र सदस्यहरुमा अमृता थापा मगर बागलुङ नपा, कुमारी राना थापा मगर जैमिनी, रन बहादुर पुन काठेखोला गाउँपपालिका, मनिस पुन मगर काठेखोला गाउँपपालिका, सिताराम पुन मगर गल्कोट नपा, जित बहादुर थापा बडिगार्ड गाउँपपालिका, चक्र बहादुर रोका मगर निसिखोला गाउँपपालिका, नर बहादुर घर्ती मगर ताराखोला गाउँपालिका, विकास राना मगर गल्कोट नपा, टीका काउचा मगर बडीगाड गाउँपालिका, र वर्षा थापा मगर बागलुङ नपा गरि १६ सदस्यीय जिल्ला समिती सर्वसम्मतिमा चयन गरिएको छ । बाकी सदस्यहरु खाली रहेको स्थानिय निकायबाट मिलाएर छनोट गरिने बताईएको छ । सो कार्यक्रमको उदघाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सह(महामन्त्री प्रकाश शरण महतले गरेका थिए ।

उक्त उदघाटन कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय संघ, गण्डकी प्रदेशका अध्यक्ष एवं नेपाल राष्ट्रिय मगर संघ, बागलुङका तदर्थ समितिका जिल्ला अध्यक्ष पदम पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.