स्वास्थ्य कार्यालयको नयाँ प्रयोग : सार्वजनिक स्थलमा सर्वसाधारणको नि:शुल्क स्वास्थ्य परीक्षण !

बागलुङ २०७६ जेठ ४ । जैमिनी नगरपालिका श्रोत व्यक्ति विष्णु सापकोटा शनिबार बागलुङ कालिका भगवती मन्दिरको दर्शनका लागी आएका थिए । उनि कालिका मन्दिर प्रवेशद्धार मै पुग्दा त्यहाँ डाक्टर सहितको स्वास्थ्यकर्मीहरु टेबुल कुर्सी राखेर मन्दिर आउने भक्तजनको स्वास्थ्य जाँच गरिरहेका थिए ।

मन्दिर आउँदा पनि सर्वसाधारणको स्वास्थ्य जाँच गरेको देख्दा उनलाई निकै अचम्म लाग्यो । सापकोटाले पनि सोही ठाउँमा गएर आफ्नो स्वास्थ्य जाँच गराए । मन्दिर दर्शनका लागि आएका सापकोटा आफ्नो स्वास्थ्य जाँच गर्न पाउँदा साच्चिकै मन्दिरमा भगवान भेटिएको महशुस गरे । मन्दिर गएको बेला आफ्नो स्वास्थ्य अवस्था बुझना पाउँदा निकै खुसीको महसूस भएको सापकोटाले ईबागलुङलाई बताए ।

सापकोटा मात्र हैन मन्दिरमा आउने अन्य जिल्लाका सर्वसाधारण पनि आफ्नो स्वास्थ्य जाँच गर्न पाउँदा निकै खुसी अनुभूति भएको सुनाई रहेका थिए ।

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा कालिका भगवती मन्दिर प्रवेव्दारको साथै सदरमुकामका अन्य स्थानमा पनि सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको कार्यालयले जनाएको छ । कार्यालयले संचालन गरेको नसर्नेरोगहरुको विरुद्धमा जनस्वास्थ्य अभियान अन्तरगत सदरमुकामका विभिन्न स्थानमा आम सर्वसाधारणका स्वास्थ्य जाँच गरिएको हो । कालिका भगवती मन्दिरका साथै बागलुुङ बजारको समिक्षालय चोक, लोकतान्त्रिक चोकमा सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सुगर, व्यड प्रेसर, र मोटोपनको जाँच

आफ्नो शरिरको प्यारामिटरहरु थाहा पाउनका लागि नसर्ने रोगविरुद्धको जनस्वास्थ्य अभियान अन्तरगत विश्व भरी नै मे महिनालाई मिजरमेण्ट महिनाको रुपमा मनाईन उद्देश्यले सार्वजनिक स्थानमा आम सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासन दिपक प्रसाद तिवारीले जानकारी दिए । अभियानमा प्रत्यक्ष चिकित्सक र स्वास्थ्यकर्मिको सहभागितामा आम सर्वसाधारणको स्वास्थ्य जाँच गरिने तिवारीले बताए । अभियानमा विशेषत सर्वसाधारणको सुगर, व्यड प्रेसर, र मोटोपनको जाँच गरिएको थियो।
डाक्टर र स्वास्थ्यकर्मीको सक्रियतामा आम सर्वसाधारणको स्वास्थ्य जाँच गरेका छौं जनस्वास्थ्य प्रशासन तिवारीले भने, ‘कुनै समस्या भएकालाई थप उपचारको लागि सल्लाह दिनेछौं सामान्यलाई आवश्यक परामर्श गरी पठाउने छौं । स्वास्थ्य जाँचमा आएको विरामी मध्ये अधिकाशंलाई सुगर र प्रेसरको समस्या रहेको उनिहरुले पहिले देखिनै औषधी खाएको भेटिएको तिवारीले बताए ।

सडकमा हिडने बटुवा, सवारी चालक, मन्दिरमा आउने दर्शानार्थी बच्चा देखी बृद्ध सम्म जो कोहीको पनि निःशुल्क स्वास्थ्य जाँच गरिएको कार्यालयले जनाएको छ । तिन दिन सम्म संचालन हुने अभियानका पहिलो दिन झण्डै ५ सय सर्वसाधारणले आफ्नो स्वास्थ्य जाँच गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानको पहिलो दिन जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री लगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट सागर कुमार राजभण्डारीले स्वास्थ्य जाँच गरेका थिए । अभियान संचालनका लागि धौलागिरी प्राविधिक प्रतिष्ठान, हान गण्डकी प्रदेश, बागलुङ नगरपालिकाको सहयोग रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.