नेपाली काँग्रेसका युवा नेता थापा तमान आउदै !

बसन्त घर्ती मगर, तमान २०७६ जेठ ४ । यहि जेठ ८ गते तमानखोला गाउँपालिकाको वडा नं ३, तमानमा सम्पन्न हुन लागेको नेपाल भूतपूर्व सैनिक संघ, बागलुङको ११ औ जिल्ला सम्मेलनलाई सम्बोधन गर्न युवा नेता, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य गगन कुमार थापा प्रमुख अतिथिका रुपमा तमान आउने छ ।

ाेता थापा संगै नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्नेल धन बहादुर मास्कि राना मगर लगायत नेपाली काङ्ग्रेस पार्टी र भातृ संघ/संगठनका नेता कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थितिमा सो कार्यक्रम हुनेछ । कार्यक्रम नेपाल भूतपूर्व सैनिक संघ, बागलुङको आयोजना र नेपाली काङ्ग्रेस, साविक तमान गा.वि.स. हाल तमानखोला गाउँपालिका वडा नं ३, तमानको व्यवस्थापनमा हुन लागेको हो ।

नेपाली काङ्ग्रेस साविक तमान गा.वि.स. का सभापति हाल नेपाली काङ्रेस तमानखोला गाउँपालिकाका सह-संयोजक झक बहादुर बुढा मगरले कार्यक्रमको व्यवस्थापकीय तयारी लगभग पूरा भएको र कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो ठाउँबाट सहयोग र साथ दिनका लागि सबैलाई आग्रह समेत गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.