आजको तस्वीर : मकै गोडमेलको मनोहर दृश्य !

शव्द/चित्र : भरत सापकोटा,

बिहुँ २०७६ जेठ ४ । खेती किसानी गर्नेहरु धान बाली पछीको दोश्रो खाद्यान्न बालीको रुपमा लिईने मकै बालीको गोडमेल (एकोहोराउनी दोहोराउनी)को काममा व्यस्त देखिन्छन । मौसम अनुकूल छ, समय समयमा वर्षा भैरहेको छ, सुख्खा मौसमबाट किसान पिरोलिएका छैनन् । यसपालि हावा, हुरी सहितको वर्षाले किसानहरुलाई केहि आहत पुगेको भएपनि मकै बाली सप्रिने कुरामा विश्वस्त देखिन्छन् ।

गाउँमा किसानहरु विहानीको मौसममा मकै गोडमेल गरिरहेको मनोरम दृश्य देख्न सकिन्छ । गाउँघरमा चल्ने अ‍ैँचो पैँचो जस्तै हुद्दा, परिम (पालै पालो सबैको गोडमेल गर्ने) गरेर एकापसमा मिलेर मकैबाली गोडमेल गर्ने परम्परा अहिले सम्म गाउँघरमा कायम छ । खासगरी महिला दिदी बहिनीहरु यस परम्परागत प्रचलनमा खुशी खुशी उत्साहका साथ सहभागिता जनाई रहेका हुन्छन् ।

त्यसैको झझल्को काठेखोला गाउपालिकाको विहुँमा स्थानीय किसानहरुले मकै गोडमेल गरेर देखाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *