होटल,लज रेष्टुरेण्ट र मिठाई पसल संचालकका लागि खाद्य स्वच्छता सम्बन्धी तालीम !

कोपिला कंडेल, बागलुङ २०७६ जेठ ४ । खाद्य प्रविधी गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा २ दिने खाद्य स्वच्छता सम्बन्धी तालीम सम्पन्न भएको छ । बागलुङ बजार स्थित होटल तथा लज रेष्टुरेण्ट र मिठाई पसल संचालकका लागि २ दिने तालिम संचालन गरिएको थियो ।

तालिम समापनका अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी ब्यापार ब्यवसाय संचालन गर्नुपर्ने बताए । उपभोक्ताको हकहित बिपरित गुणस्तरहिन खाद्य सामग्री बेचबिखन गरेको पाएमा राज्यको कानुन बमोजिम कारबाही गर्नुपर्ने चर्चा गर्दै प्रशासकीय अधिकृत पन्तले तालिममा सिकेका कुरालाई ब्याव्हारमा कार्यान्वयन गर्न आग्रह गरे ।

कार्यक्रमको सहजिकरण गर्दै गण्डकी प्रदेशका खाद्य प्रविधी बिज्ञ शिवजी बरालले गुणस्तरीय खाद्य सामग्री उपभोग गर्नका लागि आम उपभोक्ता समेत सचेत हुनुपर्ने बताए । उले गुणस्तरहीन तथा मुल्य सुची नटासिएको समग्री बेचबिखन भएको पाईएमा तत्काल सम्बन्धीत निकायमा उजुरी गर्न आग्रह समेत गरे ।

सो अवसरमा तालिममा सहभागि २७ जनालाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

कार्यक्रम राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *