बुर्तिवाङमा ब्रह्माकुमारी भवनको उद्घाटन:आध्यात्मिक संस्कारले जीवनमा परिवर्तन आउछ – नेपाली

नवनिर्मित भवनको लागि ढोरपाटन नगरपालिकाबाट रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता !

बुर्तिबाङ, २०७५ जेठ ३ । ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा निर्माण सम्पन्न ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय भवनको आज उद्घाटन गरिएको छ ।

‘भवन उदघाटन तथा स्नेह मिलन’ कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले, मानिस आध्यात्मिक ज्ञानले जीवन परिवर्तन गर्न सक्ने बताउदै बुर्तिबाङमा स्थापना भएको ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय उपशाखाबाट प्राप्त ज्ञान लिएर यहाँका स्थानीयले सकरात्मक सोंचको विकास गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि नेपालीले उपशाखाका लागि नगरपालिकाको आगामी वजेटबाट ५ लाख रुपैयाँ सहयोग उपलव्ध प्रतिवद्धता जनाएका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रहेकी ब्रह्रमाकुमारी इश्वरीय विश्व विद्यालय नेपालकी निर्देशक, एवं नेपालकै पहिलो ब्रह्रमाकुमारी परिणीता दिदीले, बर्तमान समयमा, मानव जातिमा बढ्दो मनोविकार तथा चारिक्रिक पतन बढ्दै गइरहेकोले त्यसलाई कम गर्दै, मानव जातिमा नैतिक मुल्यको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएकी थिईन् । ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालयको मूल नारा भनेकै ‘स्वयंव्दारा विश्व परिवर्त गर्नु’ रहेकोले, अहिलेको समयमा मानवीय सेवामा समर्पित भावनाको विकास गर्दै जानु पर्नेमा जोड दिईन् ।

आजको मानव जाति आफ्नै कर्मका कारण आफै दुःखी हुन पुगेको भन्दै, प्रमुख अतिथि परिणीता दिदीले, ‘भौतिक सुखले मात्र मानवीय जीवनमा सुख प्राप्ति हुन नसक्ने हुँदा, आजका मानिसले आफ्नो सोंचलाई सकरात्मक बनाउ सक्नु पर्ने, तथा सकरात्मक चिन्तनव्दारा नै मानवीय जीवन सुख शान्ति, आनन्दको प्राप्ति हुने दिदी परिणीताको भनााई थियो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव ब्रह्रमाकुमार शैलेश राज बरालले, ‘मानव जीवनमा जस्तो सुकै परिस्थिति आउन सक्छ तर सबै परिस्थितिलाई राजयोगका माध्यमद्धारा जीवनको एकरुपता ल्याउन सकिने बताए । राजयोग प्रशिक्षण, ब्रह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले निरन्तर सञ्चालन गरिरहेको बताउँदै उनले आम नागरिकको जीवनमा सकरात्मकता लिन सबै राजयोग सेवा केन्द्र सञ्चालन हुने शिविरमा सहभागीता जनाउन आग्रह समेत गरे ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष दुर्गादेवी घर्ती, बुर्तिबाङ राइजिङ युवा क्लवका अध्यक्ष यामु पौवी, जग्गा दाता तुल्सीराम अर्याल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बक्ताहरुले बुर्तिवाङमा स्थापित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको सेवा र राजयोग प्रशिक्षण केन्द्रले यहाँका जनताको सकरात्मक सोचमा विकास गराउने विश्वास व्यक्त गरेका थिए ।

मानवीय जीवनमा उन्नति प्रगतिका लागि आध्यात्मिकता र भौतिकता दुवै आवश्यक रहेको बताउँदै, यसलाई दुई रथका पाँङ्ग्राका रुपमा बुझ्न आवश्यक रहेको, बोल्ने वक्ताहरुको भनाई थियो ।

३ वर्ष अघि स्थापना गरिएको सेवा केन्द्रले विक्रम सम्वत २०७४ सालबाट भवन निर्माण सुरु गरेको थियो । स्थानीय तुल्सीराम अर्याल र उहाँकी धर्मपत्नी कमला अर्यालले २ आना बढी निःशुल्क जग्गा दान गरेपछि करिव ४० लाखको लागतमा तीन तले भवन निर्माण गरिएको ब्रह्माकुमारी स्मृतिले जानकारी दिईन । भवनको केही संरचना अझै निर्माणाधीन अवस्थामा रहेको भएपनि बढी भन्दा बढी काम सकिएकाले अहिले उद्घाटन गरिएको हो ।

कार्यक्रम ब्रह्माकुमारी राजयोगिनी सावित्री दिदीको अध्यक्षता, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बुर्तिबाङ उपशाखाकी सञ्चालिका मन्दिरा दिदीको स्वागत तथा ब्रह्माकुमारी रमाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *