बुर्तिवाङमा एक हप्ते पत्रकारिता उद्घोषण तालिम !

डम्मर बुढामगर, बुर्तिवाङ २०७३ चैत १५ । ग्रामीण विकास मञ्च अधिकारीचौरको आयोजनामा मंगलवार देखि बुर्तिबाङमा एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिम सुरु गरिदै छ । मञ्चको आयोजना, सामुदायिक रेडियो परिवर्तनको समन्वय र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा हुन लागेको होे ।

तालिममा समाचार संकलन तथा लेखन, र वाचन उद्घोषण, रेडियो कार्यक्रम उत्पादन, प्रस्तुतिकरण, रिपोर्टिङ लगायतका विषयमा प्रशिक्षण दिईने मञ्चका अध्यक्ष उमेश कुमार बुढामगरले बताए ।

तालिममा पत्रकार महासंघका अध्यक्ष दिल शीरिष, कोषाध्यक्ष विजय राना, रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार, रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी महासंघका क्षेत्रिय पार्षद सदस्य प्रशान्त घर्ति मगरले सहजीकरण गर्ने भएकाछन् । तालिममा शैद्धान्तिक तथा प्राक्टिकल दुवै व्यवस्था गरिएको छ । उत्कृष्ठ हुनेलाई सञ्चार माध्यममा काम गर्ने अवसर रेडियो परिवर्तनले मिलाउने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *