अमर माद्यमिक बिद्यालय बिहूमा शुक्रवारिय अतिरिक्त क्रियाकलाप सम्पन्न

भरत प्रसाद सापकोटा, बिहुँ २०७६ जेठ ३ । अमर माध्यमिक विद्यालयले आज सञ्चालन विविध अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । अमर बाल कल्वको आयोजनामा आधारभुत तह ९१-३०मा म्युजिकल चियर्स , आधारभुत तह ९४-५० श्रुतिलेखन, आधारभुत तह ९६-८० मा धन भन्दा विद्या ठुलो विषयक वादविवाद प्रतियोगिता, माध्यमिक तह ९९-१०० भ्रष्टाचार निवारणमा विद्यार्थीको विषयमा वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता सम्पन्न गरेको छ ।

माध्यमिक तहको वकतृत्वकला प्रतियोगितामा सहभागी १२ जना मध्ये कक्षा १० कि छात्रा सपना सुनार प्रथम, कक्षा ९ वि का छात्र अजय सुनार दित्तिय र कक्षा ९ ए कि छात्रा अनुशा कँडेलले तृतीय स्थान हासिल गरेका छन् । आधाभुत तहमा सञ्चालन गरिएको वादविवाद प्रतियोगितामा सहभागी १२ प्रतियोगी मध्ये कक्षा ६ की छात्रा सन्ध्या कँडेल प्रथम, कक्षा ७ का छात्र सुदिप कँडेल द्वितीय र कक्षा ७ का छात्र गौरव कँडेलले तृतीय स्थान हासिल गरेका छन । आधारभुत तहमा सञ्चालित श्रुतिलेखन प्रतियोगितामा विमल सापकोटा प्रथम, संगिता परियार द्वितीय र तरिमा दर्जी तृतीय भएका छन । त्यसैगरि आधारभुत तहमा सञ्चालन गरिएको म्युजिकल चियर्स प्रतियोगितामा प्रज्वल कँडेल प्रथम, सृष्टि न्यौपाने द्वितीय र सन्ध्या परियारले तृतीय स्थान हासिल गरेका छन् ।

अमर बाल कल्वका सचिव अर्जुन कँडेलको सभापतित्व, विद्यालयका सहायक प्रअ रघुपति शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रम कक्षा १० का छात्र प्रकाश सुवेदीले गरेका थिए । आजै सञ्चालन गरिएको अर्को कार्यक्रममा यस विद्यालयका माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षक धर्मराज पन्थीको विदाई गरिएको छ भने यस विद्यालयमा हालै स्थायी नियुक्त भएका माध्यमिक तह तृतीय श्रेणी शिक्षक अग्निराज जोशीलाई स्वागत गरिएको छ ।

उक्त विदाइ तथा स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् काठेखोला गाउँ पालिका वडा नं ५ का अध्यक्ष शिव प्रसाद कँडेल र विद्यालयका प्रधानाध्यापक भीष्म कँडेलले मन्तव्य राखेका थिए । शिक्षक धर्मराज पन्थीको रूपन्देही जिल्लाको केरवानी माध्यमिक विद्यालयमा सरूवा भएकोले विदाई गरिएको विद्यालय सुचना अधिकारी दामोदर पौडेलले जानकारी दिएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.