वडामा टुक्रे बजेटका योजना नबनाउन रायडाँडाका उपभोक्ताहरुको सुझाव !

बागलुङ, २०७६ जेठ २ । सडक एवं पुर्वाधार विकासका निम्ती वडा भित्र टुक्रे बजेटका योजना नबनाउन उपभोक्ताहरुले सुझाव दिएका छन । बागलुङ नगरपालिका–११ रायडाँडाका उपभोक्ताहरुले टुक्रे बजेटका योजनाहरुमा काम गर्न आम उपभोक्तालाई कठिनाई पर्ने हुँदा नगरपालिका र वडाले सडक र पुर्वाधार विकासका लागि ठुला र बहुबर्षिय योजना बनाउनेपर्ने कुरामा जोड दिएका हुन ।

वडा कार्यालयबाट आर्थिक वर्ष ०७५/७६ मा सम्पादित योजना तथा सेवा प्रवाह विषयक समिक्षा एवं सार्जजनिक सुनुवाई कार्यक्रममा उपस्थित नागरिकहरुले जनप्रनिधि निर्वाचित भए पश्चात वडा भित्र विकासका लिएको बताउँदै । आगामी दिनमा बजेट बिनियोजन गर्दा टुक्रे योजना नबनाउन सझुाव दिएका थिए । उनिहरुले वडा बाट सम्पादन काम आगामी दिनमा अझै प्रभावकारी बनाउँदै जानुपर्ने बताएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिको विकट वडाको रुपमा रायडाँडा क्षेत्र रहेका कारण यस क्षेत्रलाई विशेष क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग राखेका थिए । त्यस्तै वडा भित्र सडक र पुर्वाधार विकासको साथमा शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, कृषि, पर्यटनको सम्भावनको खोजी र खानी उत्खनन्का लागि छुट्टै योजना बनाउका लागि सुझाव दिएका थिए ।

भौगोलिक हिसाबले नगरपालिका भित्रको सवै भन्दा टाढाको वडा रहेको र हाल सम्म कतिपय क्षेत्रमा सडक सञ्जालले जोडिन नसकेका कारण सडक निर्माणको कामलाई यस क्षेत्रमा पहिलो प्राथमिकता दिईएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । स्थानिय तहको निर्वाचन भएर निर्वाचित भएको २ वर्षमा यस क्षेत्रका हरेक गाउँ वस्तीमा सडक संञ्जाल जोडनका लागि अधिकाशं बजेट खर्चिएको अध्यक्ष गौतमले बताए ।
हामी निर्वाचित भएको दुई वर्ष भयो गौतमले भने, ‘पहिले मुख्य सडकले मात्र रायडाँडालाई छोएको थियो अहिले हरेक वस्तीमा सडक सञ्चाल पु-याउने योजनाका साथ अगाडी बढेका छौं । भौगोलिक हिसाबले भिरालो जमिन भएका कारण सडकका लागि बढि रकम खर्च भएको छ ।

वडा कार्यालयको पहलमा शैक्षिक क्षेत्रको विकासका निम्ती पनि ठुलो पहल भएको उनले बताए । भुकम्पबाट भत्किएको वडाकै एक मात्र माध्यामिक विद्यालय महाविद्याजन लाई नगरपालिकाले दुई कोठे भवन निर्माणका निम्ती १६ लाख रुपैया बजेट विनियोजन गरेको थियो । विद्यालय पुर्ननिर्माणका निम्ती जिल्ला आयोजना कार्यान्वयन ईकाइको ६३ लाख रुपैयाँ सहयोगमा ८ कोठे भवन निर्माणाधिन अवस्थामा रहेको वडा सचिव नारायण पौडेलले बताए । वडाले सडक शिक्षा क्षेत्रको अवला, कृषि, पर्यटन क्षेत्रमा पनि सहयोग गरेको पौडेलले बताए ।

कार्यक्रममा नेकपाका वडा कमिटि अध्यक्ष आमेबहबादुर केसी नेपाली काँग्रेसका सचिव मिनबहादुर केसी ‘मिलन, राष्ट्रिय जनमोर्चाका कोटिलामणी शर्माले जनप्रनिधि आएको दुई वर्षमा वडा भित्र धेरै सडक पुर्वाधार विकासलाई बढि जोड दिएको हुनाले आगामी दिनमा अन्य क्षेत्रका योजना बनाउन सुझाव दिएका थिए । कार्यक्रममा महाविद्याजन माविका पुर्व प्रचार्य केदार आचार्य, अपाङ सञ्जालका जिल्ला उपाध्यक्ष गोमादेवी गौतम, स्थानिय शेरबहादुर थापा, डिल्ली प्रसाद शर्मा, पदम थापा, सम्मर थापा लगायतले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रम वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता सचिव नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.