ताराखोलामा बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम संगै मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ २ । ताराखोला गाउँपालिका शिक्षा शाखाको आयोजनामा आज बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिभा पहिचान कार्यक्रमको औपचारिक उदघाटन पछि बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बिद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रश्फुटनका लागि गरिएको कार्यक्रम प्रशंसनीय रहेको भन्दै बिद्यार्थीको सर्बाङ्गिण बिकासका लागि गरिने हरेक कार्यक्रममा गाउँपालिकाले सधै सहयोग गर्ने बताए ।

प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत मा बि तहको अभिनय कला छात्र तर्फ हरि मा बि का दिपक बि क प्रथम , नेपाल मा बि का दिनानाथ बि क दित्तिय र जनप्रेम मा बि का शेर बहादुर बि क तृतीय भएका छन । त्यस्तै छात्रा तर्फ जनप्रेम मा बि की उपना घर्तीले प्रथम प्रजातन्त्र बिकास मा बि कि ममता पुन ले दित्तिय र अर्गल मा बि कि शुशिला रोकाले तृतीय पुरस्कार जितेका छन ।

आधारभुत तहको पन्चेबाजामा नृत्य प्रतियोगितामा जनप्रेम मा बि का बुद्ध गुरुङ र पुर्ण शंकर कडेल प्रथम , नेपाल मा बि ताराका राजु राई र सबिना बि क दित्तिय , दुर्गा भवानी मा बि का मेलिना घर्ती र बिनोद दर्जीले तृतीय स्थान हासिल गरेका छन ।

प्राथमिक तहको हिसाब दौड छात्र तर्फ दुर्गा भवानी मा बिका उज्ज्वल कडेल, बराहखोला आ बि का लिलाधर कडेल र अमर प्रा बि का मनिश घर्ती छात्रा तर्फ अर्गल प्रा बि का रमिला रोका , लावाङ प्रा बि का ज्ञानु घर्ति , अर्गल मा बि का अर्गल मा बि कि रेश्मा घर्ती क्रमश प्रथम दित्तिय र तृतीय भएका छन ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शंकर बिष्टले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम शिक्षा शाखा संयोजक उमानाथ अधिकारीको अध्यक्षता कार्यक्रम संयोजक भिम बहादुर रोकाको स्वागत, पुर्णभद्र निउरे र नइन्द्र गुरुङको सन्चालन सम्पन्न भएको थियो ।

यसैवीच ताराखोलामा कर्मचारी , जनप्रतिनिधि र शिक्षक बिच मैत्रीपुर्ण ब्याटमिण्टन सम्पन्न भएकाे छ । ताराखोला गाउँपालिकाको शिक्षा साखाको आयोजनामा मैत्रीपुर्ण डबल ब्याटमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

गाउँपालिका भित्रका जनप्रतिनिधि कर्मचारी र शिक्षक बिच मैत्रीपुर्ण सम्बन्ध स्थापित संगै प्रतिभा पहिचान गर्ने उदेश्यले विद्यार्थीको कार्यक्रम संगै ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको शिक्षा साखा प्रमुख उमानाथ अधिकारीले जानकारी दिए ।

डबल ब्याटमिन्टन प्रतियोगिता मा जनप्रेम मा बि समूह B का नइन्द्र बहादुर गुरुङ र भोज बहादुर छन्त्याल को समूह प्रथम र सोही बिद्यालय कै समूह A का टेक बहादुर पुन र हरि शर्मा दित्तिय भएका छन ।

ताराखोला गाउँ पालिका को स्वास्थ साखा का संकर बिष्ट र बिराजु जि सि तृतीय भएका छन । प्रतियोगितामा ताराखोला गाउँपालिका भित्र का जनप्रतिनिधी ,कर्मचारी र शिक्षकहरु गरि ८ समुहको सहभागीता रहेको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *