कृषि याेजनाकाे उदेश्य अनुरूप काम गरे कृषकलाई शत प्रतिशत अनुदानकाे ब्यवस्था गरिने नगरप्रमुख गैरेको उदेघोष !

गुमानसिंह भण्डारी, गल्कोट २०७६ जेठ २ । गल्काेट नगरपालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर हलाे बितरण गरिएकाे छ । नगरपालिकाले २७ लाख ३० हजारकाे लागतमा ३५ वटा हलाे खरिद गरि बितरण गरिएकाे गल्काेट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले संचालन गरेकाे कृषि याेजनालाई कृषकले उदेश्य अनुरूप काम गरे सत प्रतिशत अनुदानकाे ब्यवस्था गरिने गैरेकाे भनाई छ । नगरपालिकामा कृषिलाई अाधुनिकिरण गर्दै कृषकलाई अात्मनिर्भर बनाउनका लागि मिनिटेलर हलाे बितरण गरिएकाे गैरेकाे भनाई छ ।

अनुदानमा बितरण गरिएकाे मिनिटेलरकाे उचित किसिमले प्रयाेग भए नभएकाे बिपयमा समय समयमा अनुगमन गरिने नगरप्रमुख गैरेले बताए । नगरभित्रका कृषकलाई मिनिटेलरले समयकाे बचत गरि उत्पादनमा बृद्वि गर्न सहयाेग पुग्ने नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत शिशिर पाैडेलले बताए । कम्पनिबाट खरिद गर्दा प्रति टेलर ७८ हजार परेकाेमा कृषकलाई ५० प्रतिशत अनुदान अन्तर्गत ३९ हजारमा बितरण गरिएकाे नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीले बताए । अाज नगरभित्रका ३३ जना कृषकले मिनिटेलर पाएका छन । नगरले दिएकाे अनुदानकाे मिनिटेलरकाे सहि तरिकाले प्रयाेग गर्ने अगुवा कृषक छम बहादुर अधिकारिले बताए । ब्यवसायिक कृषक र सत्रिय कृषक समुहलाइ निबेदनका अाधारमा बितरण गरिएकाे नगरका प्रसाशकीय अधिकृत तुल बहादुर बिकले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *