मानव जातिमा बढ्दो मनोविकार कम गर्दै, नैतिक मुल्यको जगेर्ना गर्नु आजको आवश्यकता: ब्रकु परिणीता

बुर्तिबाङ, २०७५ जेठ १ । बडीगाड गाउँपालिकाको वडा नं. ५ खार बजारमा निर्माण सम्पन्न ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय भवनको आज उद्घाटन गरिएको छ ।

‘भवन उदघाटन तथा स्नेह मिलन’ कार्यक्रमको प्रमुख अतिथी ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालकी निर्देशक, एवं नेपालकै पहिलो ब्रह्माकुमारी परिणीता दिदीले, बर्तमान समयमा, मानव जातिमा बढ्दो मनोविकार तथा चारित्रिक पतन बढ्दै गइरहेकोले त्यसलाई कम गर्दै, मानव जातिमा नैतिक मुल्यको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताईन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको मूल नारा भनेकै ‘स्वयंव्दारा विश्व परिवर्त गर्नु’ रहेकोले, अहिलेको समयमा मानवीय सेवामा समर्पित भावनाको विकास गर्दै जानु पर्नेमा उनको जोड थियो ।

आजको मानव जाति आफ्नै कर्मका कारण आफै दुःखी हुन पुगेको भन्दै, प्रमुख अतिथि परिणीता दिदीले, ‘भौतिक सुखले मात्र मानवीय जीवनमा सुख प्राप्ति हुन नसक्ने हुँदा, आजका मानिसले आफ्नो सोंचलाई सकरात्मक बनाउन सक्नु पर्ने, तथा सकरात्मक चिन्तनव्दारा नै मानवीय जीवन सुख शान्ति, आनन्दको प्राप्ति हुने बताईन् ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव ब्रह्माकुमार शैलेश राज बरालले, ‘मानव जीवनमा जस्तो सुकै परिस्थिति आउन सक्छ तर सबै परिस्थितिलाई राजयोगका माध्यमव्दारा जीवनको एकरुपता ल्याउन सकिने बताए । राजयोग प्रशिक्षण, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले निरन्तर सञ्चालन गरिरहेको बताउँदै उनले आम नागरिकको जीवनमा सकरात्मकता लिन सबै राजयोग सेवा केन्द्र सञ्चालन हुने शिविरमा सहभागीता जनाउन आग्रह समेत गरे ।

कार्यक्रमका अर्का विशिष्ट अतिथिका रुपमा रह.का बडीगाड गाउँपालिकाका उपाध्यक्ष अमर बहादुर श्रीसले, बडीगाड गाउँपालिकाको खार बजारमा स्थापना भएको बह््रमाकुमारी ईश्वरीय विश्व विद्यालयको सेवा र राजयोग प्रशिक्षण केन्द्रले यहाँका जनताको सकरात्मक सोचमा विकास गराउने विश्वास व्यक्त गरे । मानवीय जीवनमा उन्नति प्रगतिका लागि आध्यात्मिकता र भौतिकता दुवै आवश्यक रहेको बताउँदै, यसलाई दुई रथका पाँङ्ग्राका रुपमा बुझ्न आवश्यक रहेको, उपाध्यक्ष श्रीसको भनाई थियो ।

यस्तै कार्यक्रममा उपस्थिती जनाएका नेपाली काँग्रेसका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले, ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका हरेक दुर—दराजमा स्थापित भई मानवीय मूल्य, मान्यता भुल्दै गरेको पछिल्लो पुस्तालाई सद्मार्गमा ल्याउन टेवा पु¥याएको बताए ।

६ वर्ष अघि स्थापना गरिएको सेवा केन्द्रले विक्रम सम्वत २०७३ सालबाट भवन निर्माण सुरु गरेको थियो । स्थानीय रबिलाल आचार्य र दिल बहादुर घिमिरेले ३ आना बढी निःशुल्क जग्गा दान गरेपछि करिव ५० लाखको लागतमा दुई तले भवन निर्माण गरिएको बह्माकुमारी स्मृतिले जानकारी दिएकी थिईन् । २०७५ साल मंसिर महिनामा भवन निर्माण कार्य सम्पन्न भएपछि अहिले उद्घाटन गरिएको हो ।

कार्यक्रम ब्रह्रमाकुमारी सावित्री दिदीको अध्यक्षता, बह्माकुमारी सुनन्दाको स्वागत तथा ब्रह्माकुमारी ीगताको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.