Sorry, that menu does not exist.
 

ढोरपाटन नपाको निर्वाचन परिचालन गर्न एमालेले बनायो ५०१ जनाको जम्बो समिति !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ चैत १४ । नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ ।

एमालेको स्थानिय निर्वाचन केन्द्रित कार्यक्रम अन्तरगत भएको कार्यकर्ता प्रशिक्षणमा एकालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले झण्डै दुई दशक देखि हुन नसकेको स्थानिय निर्वाचन सम्पन्न गरि स्थानिय तहमा जनताका प्रतिनिधि निर्वाचित गर्नका लागि जुट्न कार्यकर्तालाई आह्वान गरे ।

उनले संविधान कार्यान्वय र मुलुकलाई समृद्धिको बाटोमा लैजानपनि स्थानिय निर्वाचन आबश्यक रहेकोमा जोड दिए । उनले एमालेकै दवाबमा सरकारले स्थानिय निर्वाचनको मिति तय गरेको भन्दै अझै सरकारले खुट्टा कमाउन खोजेको आरोप समेत लगाए । कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, सचिव लालबहादुर थापा, सहसचिव बिष्णु भुषाल, स्थानिय निकाय बिभाग प्रदेश नम्बर–४ का सदस्य बटुक पौडेल र ज्यष्ठ कम्युनिष्ट मञ्च प्रदेश नम्बर–४का सदस्य दलबहादुर घर्तीले मन्तब्य राखेका थिए ।

सो अबसरमा सम्पन्न भेलाले जिल्ला सदस्य केशर छन्यालको संयोजकत्वमा ५०१ सदस्यीय ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सुशिला शर्माको अध्यक्षतामा अनेरास्ववियुको २३ सदस्यीय ढोरपाटन नगर स्तरिय प्रारम्भिक कमिटि गठन गरेको छ ।

कार्यक्रम जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिका संयोजक लक्ष्मण पुनको अध्यक्षता, जिल्ला सदस्य हरि घर्तीको स्वागत र जिल्ला सदस्य तथा ढोरपाटन नगर सहसंयोजक केशर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply