जीपी फाउण्डेशन बागलुङव्दारा भित्तपात्रो प्रकाशन !

बागलुङ २०७६ जेठ १ । पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्व सभापति स्व. गिरीजा प्रसाद कोईरालाको स्मृतिमा जीपी कोईराला फाउण्डेशन बागलुङले भित्तेपात्रो प्रकाशन गरेको छ । फाउण्डेशनको बुधबारको वैठक पश्चातको एक कार्यक्रममा सल्लाहकार हरिप्रसाद श्रेष्ठ, प्रकाश शर्मा पौडेल, र जगदिशचन्द्र उपाध्यायले संयुक्त रुपमा पात्रो सार्वजनिक गरेका हुन ।

कार्यक्रममा बोल्दै फाउण्डेशनका सल्लाहकार एवं नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठले स्वर्गिय गिरीजा प्रसाद कोईरालाको जस्तो योगदान अहिलेका नेताहरु कसैले गर्न नसकेको र आगामी दिनमा पनि यस्तो नेता नरहने बताए । उनले कोईराला देशको परिवर्तनका निम्ती निश्वार्थ भावना बोकेर लडेको स्मरण गरे । कार्यक्रममा काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, निवर्तमान उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेल लगायतले फाउण्डेशनले गरेको काम निकै प्रशंसनिय रहेको बताएका थिए ।

कार्यक्रम फाउण्डेशनका संयोजक महेन्द्र प्रसाद कंडेलको अध्यक्षता र सचिव विकास पौडेलको संंचालनमा सम्पन्न भएको थिय

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.