काफल पाक्यो, चरी नाँच्यो : काफल, स्मरण मात्रले मुखै रसाउने कति मीठो फल … !

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७६ जेठ १ । आपैmमा पनि पवित्र फल काफल, आजभोलि पहाडका जंगलहरुमा निकै पाकेको छ । जब काफल पाक्छ वनजंगल पनि निकै हराभरा देखिन्छ । अझ त्यो मात्र कहाँ हो र चराचुरुङ्घीका आवाजमा पनि काफल पाक्यो भनेझै सुनिन्छ । चारोकै कारण पनि चराचुरुङ्घी रमाएको देख्न सकिन्छ । रंगका हिसाबले हरियोेँ सम्झँदा पनि मुखै रसाउने काचोँ अमिलो काफल अनि पाकेपछि बैजनी रातो रंगको काफल स्वादिलोको त के कुरांं……. !

प्रायः पहाडी जिल्लाका जंगलहरुमा पाईने काफल मौसमी फल हो । जंगलमै पाईने भएपछि पूर्णत जैविक फल खानुको मज्जा बेग्लै छ……अझ काफल साधेँर खानुको त के बयान….। यतिबेला जंगलबाट टिपेर ल्याएको काफल गाउँÞ सहर जतापनि पाईन्छ । फल स्वादिष्ट मात्र होइन,स्वास्थ्यकर पनि हुने धेरैको बुझाई छ । यो जंगली फल बेचेर कतिपय मानिसहरुले त मनग्य आम्दानी लिईरहेका छन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ३ को बिस्मोर, पुर्कोट, ईजर, अज्गा, झेम्पुर, चिर्वाङ,मुर्छा, साउनेपानी, ढाड,पाति हाल्ने देउराली, उरलेनी, नयाँथरी, ढिग्रबाङ, कालिपातल, थाम, धोर्जे, कालापोल लगायतका स्थानहरुमा कतै पाकेको छ त कतै पाक्ने क्रम जारी छ ।

अबको समयमा बनजंगलमा पनि निकै रमाईलो हुन्छ । काफल खान जानेसगँ भेटघाट त हुन्छ नै अझ धोर्जे आसपासका रमणीय स्थानहरु घुम्न पनि पाईने । त्यसैले पनि यस क्षेत्रका मानिसहरुले बुर्तिबाङ बजारमा ल्याई काफल बेचेरैे राम्रै आम्दानी लिईरहेका छन । काफल प्रतिको मोह त बिभिन्न गीत संगीतमा प्रयोग गरिएका शब्दहरुले पनि देखाउछ । थुप्रै गीत संगीत काफलसगँ सम्बन्धित पनि छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.