बडीगाड-६ ठुलीबेसीमा मोटर साईकलले ठक्कर दिँदा १३ वर्षिय बालक गम्भीर घाइते !

कमल पौडेल, बडीगाड २०७६ जेठ १ । मध्यपहाडी लोकमार्ग अन्तरगत बडीगाड गाउँपालिका वडा नं. ६, ठूलावेसीमा मोटरसाइकलले ठक्करदिँदा एक वालक गम्भिर घाइते भएका छन् । सोहि गाउँपालिका वडा नं. ६ घ्वाङका १३ वर्षिय अमृत थापालाई लु३१प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन् ।

गम्भिर घाईते थापालाई थप उपचारका लगी हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा उपचार सुरु भएको घाइते संगै रहेका वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले ईबागलुङलाई जानकारी दिए । घाइते वालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको अस्पताल श्रोतले जनाएको छ ।

मोटरसाइकल चालक बडीगाड गाउँपालिका ५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरी चौकीले जानकारी दिएको छ । विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा वच्चालाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पछिल्लो समय मोटरसाईकल र पीकअप जीप दुर्घटनाका घटनाहरु बढेकाले सवारी चेकजाँचलाई कडाई गर्नुपर्ने स्थानीयले माग गरेका छन् । नौसिखियाहरुले मोटर साईकल चलाउदा दुर्घटना बढेको स्थानीयको बुझाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.