Sorry, that menu does not exist.
 

स्थानिय नेताको दलाली प्रवृत्तिले प्रहरी समक्ष सर्वसाधारणको सिधा पहुच हुन सकेन-प्रबउ गुरुङ

थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत १४ । धौलागिरी अञ्चल प्रहरी कार्यालय बागलुङका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम कुमार गुरुङले प्रहरी कार्यालयमा स्थानिय नेताहरुको दलाली प्रवृत्तिले प्रहरी समक्ष सर्वसाधारणको सिधा पहुच नभएकोले यसमा सरोकारवाला निकाय सजक रहनुपर्ने बताएका छन् ।

धौलागिरी अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा इलाका प्रहरी कार्यालय हरिचौरमा आयोजित नागरिक अन्तरक्रिया कार्यक्रम प्रबउ गुरुङले यस्तो बताएका हुन ।

उनले विगतको भन्दा यसपटकको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीको संख्यामा उल्लेख्य थप गर्ने सरकारको तयारी रहेको समेत जानकारी दिए।

प्रबउ गुरुङ, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङ समेतको समुपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई केन्द्रित गरि गल्कोट नगरपालिका भित्र शान्ति सुरक्षा, पूर्व तयारी, प्रहरीसंग समुदायको सहकार्य लगायतको विषयमा ब्यापक छलफल भएको थियो ।

गल्कोट क्षेत्रका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा गल्कोट क्षेत्रको शान्ति सुरक्षा, अमनचयन, आसन्न स्थानिय निर्वाचन लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मीको संख्या वृद्धि गर्नुपर्ने, गाडीको उचित व्यवस्थापन हुनुपर्ने, निर्वाचनलाई शान्त र मर्यादित बनाउन प्रहरी र सरोकारवाला बिच समन्वय हुनुपर्ने लगायतका विषयमा सरोकारवालाले माग गरेका थिए ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय गल्कोटले गल्कोट क्षेत्रको शान्ति सुरक्षामा खेलेको भूमिकाको प्रशंसा समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply