आजको तस्वीर : तमानमा स्त्री तथा बालरोग सम्बन्धी एक दिने नि:शुल्क स्वास्थ्य शिविर !

बसन्त घर्ती मगर, तमान २०७६ जेठ १ । तमानखोला गाउँपालिका र रोटरी क्लब अफ बागलुङको अयोजना तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग र तमान स्वास्थ्य चौकीको व्यवस्थापनमा २०७६ वैशाख ३१ गते बृहत स्त्रीरोग तथा बालरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता तमानखोला गा पा-३ को वडा सदस्य गोबिन्द बुढाको अध्यक्षतामा तमानखोला गा पा अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, तमानखोला गाउपालिकाकी उपाध्यक्ष ३मानसरी शेरचनको विशिष्ट आतिथ्यता, रोटरी क्लब अफ बागलुङका अध्यक्ष विना कार्की पोखराका कोअर्डिनेटर रेडियोलोलिष्ट डा।नवराज पौडेल, डा।आशिष् श्रेष्ठ, डा।समिक्षा वराल, डा। वबिता खड्का, डा।उरुषा पौडेल, डा।समिपा खनाल, डा।सृष्टि नेपाल, रोटरी कल्वका दिपेन्द्र घिमिरे, लक्ष्मी जि सी, निर्मला आचार्य, रीता घर्तीको आतिथ्यता रहेको थियो।

उक्त शिविरमा ६२५ जना सेवाग्राहीहरुले सेवा लिएका थिए। जसमध्य ३८० जना बालबालिकाहरुले बालरोग विशेषज्ञ सेवा लिएका थिए भने ६५ जनाले सामान्य मेडिकल सेवा र १८०जना सेवाग्राहीहरुले स्त्रीरोग विशेषज्ञ सेवा लिएका थिए। कुल बिरामीहरु मध्य ११८ जनालाई युएसजी सेवा प्रदान गरिएको थियो।

श्रोत: तमान स्वास्थ्य चौकी,तमानखोला(३ बागलुङ।

तस्वीर- विवेक शाह, तमान स्वास्थ्य चौकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *