भ्रष्टाचार, लापर्बाही, अनियमितता, ढिलासुस्ती, अटेरी प्रबृत्ती विरुद्ध सशक्त कदम !
बागलुङ नगरपालिकामा भाँडभैलो : नेकपाकै नेताले लगाए नगरप्रमुख र प्रमुख कार्यकारी अधिकृतको कोठामा ताला ! !

बागलुङ २०७६ जेठ १ । बागलुङ नगरपालिकाकाको बजार स्थित कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता कृष्ण पाठकको नेतृत्वमा गएको टोलीले नगरप्रमुख जनकराज पौडेल प्रमुख कार्यकारी अधिकृत भीमबहादुर कुँवर र लेखा कार्यकक्षमा ताल्चा लगाएको छ । टोलीले नगरपालिकाको लेखा कार्यकक्षमा समेत विहान कार्यालय खुलेको आधा घण्टा पछी ताल्चा लगाएको हो ।
बागलुङ नगरपालिका भित्र व्यापक भ्रष्टाचार, लापर्बाही, गैरजिम्मेवाराना कामहरु हुने गरेको, नगरवासीले नगरपालिकाबाट आवश्यक सेवा प्राप्त गर्न नसकेको आदि अहम् विषयलाई लिएर नगरवासीमा व्यापक असन्तुष्टी बढिरहेको बेलामा आफ्नै पार्टीका नेताहरुले आज नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा तालाबन्दी गरेको बुझिएको छ ।

नेकपाका जिल्ला नेता कृष्ण पाठकले ईबागलुङसंग संक्षिप्त कुरागर्दै नगरपालिकामा नगरप्रमुख जनकराज पौडेलको चरम भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, लापर्बाही र अटेरी प्रवृत्तिको बिरुद्ध तालाबन्दी गरेको बताए ।

बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेल तथा नेकपा जिल्ला नेता पाठक ।
नेता पाठकले गत फागुन महिनामा केन्द्र सरकारबाट बागलुङ नगरपालिकाको विकास निर्माणकार्यका लागी समपुरक बजेट अनुदान रु २ करोड ९२ लाख ९ हजार (यसमा नगरपालिकाबाट ६० पतिशत थप गर्नु पर्ने) र विशेष अनुदान ३ करोड ६९ लाख ६ हजार रुपयाँ निकासा भएकोमा सो रकम केन्द्रको निर्देशन अनुसार तोकिएको सीमाभित्र खर्च नगरी यसलाई फ्रिज गराएको आरोप लगाए ।

नगरप्रमुख पौडेलले प्रमुख कार्यकारी अधिकृतलाई अर्थमन्त्रालय बाट प्राप्त पत्र गोप्य राख्न निर्देशन दिएकोले निकासा भएको रकम फ्रिज भएको नगरपालिका भित्र चर्चा चुलिएको छ ।

यो समाचार लेखिरहँदा नगरपमुख पौडेलले उप प्रमुख सुरेन्द्र खड्का लगायतलाई ताला फोड्न जान सहयोग मागिरहेको श्रोतले बतायो ।

के भन्छन कृष्ण पाठक सुनौँ:

चलचित्र (भीडीयो): किरण आचार्य ईबागलुङ ।
अर्थ मन्त्रालयबाट बागलुङ नगरपालिकामा पाप्त भएको पत्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *