संस्थागत बिद्यालयहरुका लागि दुई दिने कार्यक्षमता तथा अन्तक्रिया कार्यक्रम सम्पन्न !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ बैशाख ३१ । संस्थागत बिद्यालयहरुका लागि दुई दिने कार्यक्षमता अभिबृद्धि तालिम आज बुर्तिबाङमा सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई बागलुङको आयोजनामा संञ्चालित उक्त तालिममा जिल्ला स्थित ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ११ वटा बिद्यालयको सहभागिता रहेको थियो ।

तालिम अबधिभर बिद्यालय छत्रबृत्ति निर्देशिका २०७४ , संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ , लैङ्गिक गुनासो कार्यबिधि २०७४ , हरित बिद्यालय सम्वन्धि शिक्षकरुलाई जानकारी तथा सम्वन्धित बिषयमा छलफल सहभागीलाई जानकारी गराइएको इकाई प्रमुख कुश्मराज उपाध्ययले बताए ।

साथै संस्थागत बिद्यालय सञ्चालन सम्बन्धमा बिद्यालयहरुले गरेका असल अभ्यास, समस्या तथा चुनौतिहरुको सम्बन्धमा छलफल गरी कार्यलयको तर्फबाट निर्देशन समेत दिइएको थियो । आफ्नो बिद्यालयलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि तालिम सहयोगी भएको तालिमका सहभागीहरुले बताएका छन् । कार्यक्रमको सहजिकरण इकाई प्रमुख उपाध्याय र शाखा अधिकृत सरितादेवी शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.