बुर्तिवाङ आसपासमा सवारी दुर्घटनामा वृद्धि : आज मात्रै बोबाङमा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ बैशाख ३१ । केहि दिन यता बुर्तिवाङ आसपासमा दिनहु जसो सवारी दुर्घटनाहरु भैरहेका छन् । आज मात्रै ढोरपाटन नगरपालिकाको बोबाङबाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

घाइतेहुनेहरुमा बोबाङ निवासी पार्वती बि.क , दान बहादुर बि.क र बल बहादुर बि.क रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । उनिहरुको अहिले प्राथमिक स्वास्थय केन्द्र बुर्तिबाङमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरुको अबस्था खासै गम्भिर नभएको पनि बताइएको छ ।

दिउँसो पख परेको अबिरल बर्षाका कारण बाटो चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रक चालक सँग संपर्क हुन नसकेकाले यकिन भने सकेको हुन छैन । अहिले दुर्घटना भएको स्थान तर्फ प्रहरी टोली गैसकेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकास यादबले ईबागलुङलाई जानकारी दिए ।

् केहि दिन पहिले निसीखोलाबाट बुटवललाई ट.छुटेको जीप खर्वाङ नजीक दुर्घटना हुँदा जीपका सवार १३ जना यात्रुहरु घाईते भएका थिए । यात्रुहरुले चालक निदाएकोले दुर्घटना भएको बताएपनि चालक र सवारी धनीलाई के कार्बाही भयो भन्ने बाहिर आएको छैन ।

यस्तै अस्तिमात्र निसीखोलामा सवारी दुर्घटनाहुँदा एक १२ वर्षिय बालकको र्मत्यु भएको थियो भने अर्का एक १२ वर्षिय बालक गम्भीर घाईते बनेका थिए ।

यसैगरी बुर्तिवाङ बजारबाट बडीगाड ९ बल्घास जाँदै गरेको जीप खप्तडीवाङमा दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएकाले थप उपचारका लागी पाल्पा लगिएको छ भने सोहि दिन पौने ५ बजेको समयमा जन्ती लिएर तमान जाँदै गरेको जीप भैँसीले बाटो छेकेपछी खसेर दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएकाले स्थानीय बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारगरी थप उपचारकालागी पाल्पा रिफर गरिएको छ । निज घाईतेहरुको आर्थिक अवस्था कमजोर भएकाले नगरप्रमुख देवकुमार नेपालीले उनीहरुलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *