रिघामा चट्याङ लागेर एक महिलाको मृत्यु : ट्याक्सीको ठक्करबाट एक महिला गम्भीर !

कमल पौडेल, बागलुङ (गल्कोट) २०७६ बैशाख ३१ । गल्कोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गामा (साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल) चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिए। मृतकको शव पोषटमाटर्म लागी इलाका प्रहरी कार्यालय हरिचौर लिगएको छ। सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए।

त्यस्तै मध्यपहाडि लोकमार्ग अन्तरगत बडीगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएकी छन्। घ१ज ५८२ नं. को ट्याक्सीले ठक्करदिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकी हुन्। थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडीगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरहवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *