प्रतिवन्धित भारतीय नोट सहित पक्राउ पर्ने ६ जनामा बडीगाड- ५ का थापा पनि !

बागलुङ (बडीगाड) २०७६ बैशाख ३१ । नेपाल र भारतमा प्रतिवन्ध लगाईएको रु १ हजार र रु ५ सय दरका भारतीय रुपया (नोट) साथमा लिएर सर्वसाधारण मानिसहरुलाई विभिनन प्रलोभनमा परी ठगीमा हिडेका बागलुङ बडीगाड गाउपालिका-५ का ३२ वर्षिय नवीन थापा सहित ६ जनालाई काठमाडौं महानगरपालिका -१६ नयाँबजारस्थित होटल मेट्रो ईनबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार राति पक्राउ गरेको जनाएको छ । निजहरुबाट करिब १५ लाख ९० हजार ५ सय प्रतिवन्धित भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- ४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका-३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका-५ का ४० वर्षीय सन्तोष थापा तथा काभ्रेपलान्चोक तेमाल गाउँपालिका-६ का ३६ वर्षीय राजेन्द्र तामाङ र काठमाडौं नयाँबजार बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका(६ का ३७ वर्षीय धनध्वज तामाङ रहेको प्रहरीले जनाएको छ । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.