Sorry, that menu does not exist.
 

प्रश्न पत्र आउट भएपछी विद्यालयले नै प्रश्नपत्र तयार गरी परीक्षा सन्चालन गर्न निर्देशन !

बागलुङ २०७३ चैत १४ । जिल्ला शिक्षा कार्यालय बागलुङले सोमवार एक सूचना जारी गरी चैत १३ गते देखी सुरु भएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको भोलि चैत १५ गते देखी हुने बाँकी विषयको परीक्षामा सम्वन्धित विद्यालयका विषयगत शिक्षकले अर्को प्रश्नपत्र तयार पारी परीक्षा सन्चालन गर्न निर्देशन दिएको छ ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षाको पहिलो दिन मै आईतबार इबागलुङ डटकमले कक्षा ८ का सबै विषयका प्रश्नपत्रहरु आउट भएको सम्वन्धमा जिल्ला शिक्षा कार्यालका सम्वन्धित अधिकृतलाई जानकारी गराउदै केहि प्रश्नपत्रहरु सहित समाचार प्रकाशित गरेको थियो ।

‘इबागलुङमा समाचार प्रकाशमा आए लगत्तै यसले जिल्ला भरका २१९ विद्यालय र परीक्षार्थीहरुमा तरंग ल्यायो, एक शिक्षकले नाम नबताउने शर्तमा भने- ‘प्रश्नपत्रहरु नै राखेर समाचार प्रकाशित भएपछी हिँजो आईतवार नै कार्यालयले यसको उचित निर्णय लिनु पथ्र्यो । प्रश्नपत्रहरु बाहिरिएको समाचार सार्वजनिक भएको छ, अब के गर्ने भनेर हामीले कार्यालयमा सोधेका पनि हौँ । चैत १४ गते थाहा भयो,नभनेको भए राम्रो हुन्थ्यो ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply